International

राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बिदाई

नव निर्वाचित  प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व क्रिकेट लिग प्रतियोगिता खेल्न नेदरल्याण्ड्स प्रस्थान गर्न लागेकाे नेपाली टाेलीकाे विदाइ गरेका छन् ।

भेटमा प्रधानमन्त्रीले टाेलीलाइ शुभकामना दिए भने कप्तान पारस खड्काले विश्व क्रिकेट लिग प्रतियोगिताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

नेपाली क्रिकेट टोली शनिबार विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेदरल्याण्ड्स जाँदैछ ।  नेपालले साउन २९ र ३१ मा नेदरल्याण्ड्ससँग खेल्दैछ ।

नेपाल शीर्ष चार भित्र परे २०१९ को विश्वकप छनोटमा खेल्न पाउँछ । अहिले नेपाल ४ अंकका साथ छैटौं स्थानमा छ । नेदरल्यान्ड्स शीर्ष स्थानमा छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top