एभरेष्ट प्रिमियर लिग क्रिकेट हेर्न भारतीय पुर्व खेलाडी नेपाल आउने

भारतीय क्रिकेट टिमका पुर्व कप्तान अजय जडेजा नेपाल आउने भएका छन । जडेजा एभरेष्ट प्रिमियर लिगको फाइनल खेलका लागि बिषेश अतिथीका रुपमा काठमाडौं आउन लागेका हुन् ।

प्रिमियर लिगको आयोजक जोहोरा स्पोर्टस म्यानेजमेन्टले राजधानीमा पत्रकार सम्मेलन गर्दै जडेजाको नेपाल भ्रमण बारे जानकारी दिएको हो । जडेजा एक अक्टोबरमा काठमाडौं आइपुग्ने छन । तीन अक्टोबरमा हुने प्रिमियर लिगको फाइनलमा सहभागी भएर उनी चार अक्टोबरमा स्वदेश फर्कनेछन ।

जडेजा एसोसिएट राष्ट्रमा भएको क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागी हुन लागेका हुन् । उनी सन १९९२ देखी २००० सम्म भारतीय टिममा रहेका थिए । लिग विजेता टिमले कति पुरस्कार पाउने त्यो भने अहिले सम्म खुलाइएको छैन् । लिगमा सहभागी खेलाडीले प्रत्येक खेलमा आठ हजार देखी २० हजार सम्म म्याच फि पाउनेछन भने उनीहरुको पांच लाख सम्मको विमा पनि गरिएको छ ।

आउदो शनिबार बाट सुरु हुने प्रिमियर लिगमा बिशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, जगदम्बा राइनोज, पन्चकन्या तेज, कान्तिपुर गोर्खाज र सगरमाथा लेजेन्डस गरी ६ टिमको सहभागीता रहेको छ । उद्घाटन खेलमा कान्तिपुर गोर्खाज र बिशाल वारियर्स बीच प्रतिस्पर्धा हुनेछ ।

Comments:

comments

About the author

News Staff

Add Comment

Click here to post a comment