कान्तिपुर गोर्खाज एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता बाट बाहिर

कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर गोर्खाज राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता बाट बाहिरिएको छ ।

कान्तिपुर आज भएको आफ्नो अन्तिम खेलमा कलर्स एक्स फ्याक्टर्स संग १५ रनले पराजित भएपछि प्रतियोगिता बाट बाहिरिएको हो ।
किर्तिपुर स्थित टियु मैदानमा टस हारेर ब्याटिङ गरेको कलर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय २४ रन बनाएको थियो । उसका लागी योगेन्द्र सिंह कार्कीले ३०, कप्तान ज्ञानेन्द्र मल्लले २० र राजेश पुलामी मगरले १७ रन बनाएका थिए । बलिङ तर्फ कान्तिपुरका कप्तान बसन्त र ललित भण्डारीले दुइ दुइ विकेट लिए ।
१ सय २५ रनको सामान्य लक्ष्य पछ्याएको कान्तिपुर २० ओभरमा ७ विकेट खेर फाल्दै १ सय ९ रनमा समेटियो । कान्तिपुरका लागि प्रदिप ऐरीले ३१, अन्तिम थापाले ३० र बसन्तले २५ रन बनाएपनि जीत दिलाउन सकेनन् । ओपनर सुवास खकुरेल २ रनमा आउट भएका थिए । कलर्सका लागि किफायती बलिङ गर्दै अमर राउटेलाले तीन र अभिनाशले दुइ विकेट लिए ।

Comments:

comments

About the author

News Staff

Latest News