शरदको कप्तानीमा रहेको पञ्चकन्या तेज फाइनलमा

पन्चकन्या तेज लगातार चौथो जीत हात पार्दै राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

पन्चकन्याले आफ्नो अपराजित यात्रालाइ कायम राख्दै सरगमाथा लेजेण्डलाइ ४९ रनको फराकिलो अन्तरले पराजित ग¥यो । चार खेलबाट ८ अंक बटुलेको पन्चकन्याले जीतसंगै फाइनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर ब्याटिङ गरेको पन्चकन्याले करण केसीको ५२ रनको मदतमा ५ विकेट गुमाउदै १ सय ८५ रन बनाएको थियो ।
यो जारी प्रतियोगिताको अहिले सम्मकै उच्च स्कोर हो । पृथु बास्कोटाले अविजीत ३८ र कप्तान शरद भेषावकरले ३० रन बनाए । बलिङ तर्र्फ विक्रम सोबले दुइ विकेट लिए । जवाफमा १ सय ८६ रनको लक्ष्य पछ्याएको बिनोद भण्डारीको टोली सगरमाथा १७ ओभर ४ बलमा अल आउट हुदै १ सय ३६ रनमा समेटियो ।

सगरमाथालाइ सस्तैमा समेटने क्रममा पन्चकन्याका भेषावकर र शुसील कंडेलले तीन तीन विकेट लिए । सगरमाथाका लागि मेहबुब आलमले सर्वाधिक २३ रन जोडे । लिगमा भोली जगदम्बा राइनोज र कर्लस तथा पन्चकन्या तेज र बिशाल वारियर्स बीच खेल हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News