समाचार

इपीएलमा सहभागि टिमको जर्सि सार्वजनिक

शनिबार देखि सुरु हुने वाईवाई एभरेष्ट प्रिमियर लिगमा लगाइने टिमको जर्सि सार्वजनिक गरीएको छ ।

कार्यक्रममा इपिएलमा सहभागि छ वटा टिमले आफ्नो जर्सि सार्वजनिक गरेका हुन । हरेक टिमका कप्तान र मालिकले आफ्नोटिमको जर्सि सार्वजनिक गर्दै प्रतियोगिता राम्रो रहेको र उपाधि जित्नेमा विश्वस्त रहेको बताए । प्रतियोगितामा कान्तिपुर गोर्खाज सहित जगदम्बा राइनोज, विशाल वारियर्स, कलर्स एक्स प्mयाक्टर, सगरमाथा लेजेन्डस, पञ्चकन्या तेजले प्रतिस्पर्धा गर्नेछन ।

कार्यक्रममा हरेक टिमका कप्तानले पालैपालो आफ्नो टिमका बारेमा चर्चा गरेका थिए । जसमा सबै कप्तानले आफ्नो टिम राम्रो रहेको र प्रतिस्पर्धात्मक प्रतियोगिता हुने अनुमान रहेको बताए । यस्तै टिमका मालिकहरुले इपिएलमा सहभागि हुनु आफ्नो कम्पनीका लागि राम्रो कुरा भएको र भविष्यमा थप लगानी गरेर अझ राम्रो गर्ने बताए ।

प्रतियोगिताको उदघाटन खेलमा बसन्त रेग्मीको कप्तानीमा रहेको कान्तिपुर गोर्खाज र पारस खड्काको कप्तानीमा रहेको विशाल वारियर्स विच प्रतिस्पर्धा हुनेछ । दुबै टिमका कप्तानले नया र पुराना खेलाडीको समान बाहुल्यता रहेको हुनाले कसले जित्ने भन्न एकिन नभएको बताए । नौ दिनसम्म चल्ने प्रतियोगिताको कान्तिपुर गोल्डले प्रत्यक्ष प्रशारण गर्नेछ ।

Most Popular

To Top