वाइ वाइ एभरेष्ट प्रिमियर लिग क्रिकेट असोज ८ देखि

EPL

जोहरा स्पोट्स म्यानेजमेन्टले आगामी असोज ८ देखि १७ गतेसम्म वाइ वाइ एभरेष्ट प्रिमियर लिग क्रिकेट टी-२० प्रिमियर लिग सन्चालन गर्ने भएको छ ।

राउण्ड रोविन लिगका आधारमा खेलाइने प्रिमियर लिगमा ६ टिम सहभागी रहनेछन् ।

शरद भेषावकरको कप्तानीमा पन्चकन्या तेज, ज्ञानेन्द्र मल्लको कप्तानीमा कलर्स एक्स फ्याक्टर, पारस खड्काको कप्तानीमा विसाल वारिएर्स, बसन्त रेग्मीको कप्तानीमा कान्पिुर गोर्खाज, शक्ति गौचनको कप्तानीमा जगदम्बा राइनोज र विनोद भण्डारीको कप्तानीमा सगरमाथा लेजेन्ड टिम रहनेछ ।

काठमाडौंमा शनिवार आयोजित पत्रकार सम्मेलन गर्दै शनिवार जोहरा स्पोट्स म्यानेजमेन्टले सो प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

टिमका कप्तानले प्रत्येक खेलबाट रु २० हजार पाउनेछन् भने रु १५ भन्दा बढी अन्तराष्ट्रिय खेल खेलेका खेलाडीले रु १५ हजार, यू-१९ ले रु १२ हजार र क्षेत्रीय खेलाडीले प्रतिखेलको रु ८ हजार पाउनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक सि जि फुडसको वाइ वाइ चाउ-चाउ रहनेछ ।

Comments:

comments

Add Comment

Click here to post a comment

Latest News