समाचार

एभरेष्ट प्रिमियर लिगको दोस्रो दिन कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर गोर्खाज र पन्चकन्या तेज विजयी

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगको दोस्रो दिन कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर गोर्खाज र पन्चकन्या तेज विजयी भएका छन ।
कान्तिपुर गोर्खाजले आज भएको खेलमा सगरमाथा लेजेण्डलाइ ७ विकेटले पराजित गरेको हो । पन्चकन्या तेजले जगदम्बालाइ ६ विकेटले पराजित ग¥यो ।

किर्तिपुर स्थित टियु मैदानमा टस हारेर ब्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २४ रन बनाएको थियो । सुरुवात राम्रो गरेपनि सगरमाथाले त्यसलाइ निरन्तरता दिन सकेन् ।

उसका लागि महबुब आलमले सर्वाधिक २३ र सुनिल धमालाले २१ रन बनाएका थिए । सगरमाथाका ६ जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । सगरमाथालाइ दवावमा राख्ने क्रममा कान्तिपुरका कप्तान बसन्त रेग्मीले तीन, ललित भण्डारी र संतोष भट्टले दुइ दुइ विकेट लिए ।
१ सय २५ रनको सामान्य लक्ष्य कान्तिपुरले १५ ओभरमा मात्र ३ विकेट गुमाउदै पुरा गर्यो । कान्तिपुरलाइ सहज जीत दिलाउन ओपनरद्धय सुबास खकुरेल र प्रदिप ऐरीले उत्कृष्ट प्रदर्शन गरे । प्रदिप र सुबासले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

प्रदिप ५५ र सुबास ३५ रनमा मैदान बाहिरिए । अनिल शाह ९र आकाश गुप्ता १० रनमा अन्तिम समय सम्म क्रिजमा रहे । सगरमाथाका राहुल बिश्वकर्माले तीन विकेट लिए । जीतसंगै कान्तिपुर गोर्खाजले दुइ अंक जोडेको छ ।

हिजो वर्षाका कारण खेल रद्ध भएपछि कान्तिपुर गोर्खाजले बिशाल वारियर्स संग अंक बाडेको थियो । कान्तिपुरले अब मंगरबार जगदम्बा राइनोज संग प्रतिस्पर्धा गर्नेछ ।

टस हारेर ब्याटिङ गरेको जगदम्बाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै एक सय २९ रन बनाएको थियो । उसका लागि पांचौ नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले बिस्फोटक ब्याटिङ गर्दै अविजीत ४३ रनको योगदान दिए ।

पन्चकन्याका शुसील कंडेलले ३ विकेट लिए । १ सय ३० रनको लक्ष्य पन्चकन्याले १९ ओभरमा ४ विकेट गुानउदै लक्ष्य पुरा ग¥यो । ओपनरद्धय आशिफ शेख र संजय श्रेष्ठ शुन्य रनमा आउट भएपनि पृथु बास्कोटाले ४८ रन बनाएपछि पन्चकन्याले सहज जीत हात पारेको हो । बलिङ तर्फ सोमपालले २ विकेट लिए ।

Most Popular

To Top