Nepal Cricket

शनिबार देखि सुरु हुने इपिएलको विजेताले कति पाउछ कसैलाई थाहा छैन

जोहरा स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्न लागेको आसन्न एभरेष्ट प्रिमियर लिगमा धरै नया प्रयोग गरिएका छन । खेलाडीको विमा होस या खेलाडीले पाउने म्याच फि अझ भनौ प्रतियोगितामा खेलाडीलाई नि सुल्क प्रवेश । तर सबै भन्दा अचम्मको विषय आयोजकले अहिलेसम्म पुरस्कार राशि कति छुट्याइएको छ भन्ने कौतुहलमा नै राखिएको छ ।

कुनै पनि राष्ट्रिय होस या अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना हुदा विजेता टिम देखि अन्य टिमले पाउने पुरस्कार राशि कम्तिमा एक साता अगाडी नै सार्वजनिक गरिन्छ । तर जोहरा स्पोर्टस पहिलो पटक खेल सुरु हुन अघिल्लो दिन मात्र टिमको पुरस्कार राशिको घोषणा गर्ने तयारीमा छ । यो उसको नया रणनिती हो या सहभागि टिम र समर्थकलाई कौतुहलमा राख्न खोजेको हो ।

पुरस्कारमा कुल ५४ लाख रुपैया रहेको बताएपनि विधागत रुपमा अझै पनि पुरस्कारको घोषणा नगर्नु दालमे कुच काला हे भन्ने भान हुन थालेको छ । यसमा प्रायोजकसंगको सम्झौता नमिलेको पनि हुनसक्छ भन्ने प्रश्न उठेका छन । यतिमात्र होइन जोहराले प्रत्यक टिमबाट सहभागिता वाफत कति रुपैया लिएको छ त्यो पनि खुलाउन चाहेको छैन ।

छ वटा ठुला कर्पोरेट हाउको सहभागिता रहेको एभरेष्ट प्रिमियर लिग रोमाञ्चक हुने आशामा खेलाडी देखि आमदर्शक छन । मिडियामा पुरस्कारको विषयलाई खुलाउन नचाहनुको कारण के होला ? जोहरा स्पोर्टसका एमडी आमिर अख्तरको भनाईलाई मान्ने हो भने यो उनिहरुको रणनिती हो रे । तर यो कस्तो रणनिती हो भन्ने प्रश्नमा हासेर नै टारे ।

Click to comment

Leave a Reply

Your email address will not be published.

Most Popular

To Top