Nepal Cricket

ठुलो योजनाका साथ खोलिएको एनसीए बन्द हुदा पनि कसैले वास्ता गरेनन

अन्तराष्ट्रिय क्रिकेटमा नेपाल उदाउदो राष्ट्र हो । प्रभाकारी योजना र पर्याप्त लगानी हुने हो भने नेपालले टेस्ट खेल्ने राष्ट्रको हैसियत पाउन धेरै लामो समय कुर्नु पर्दैन । तर घरेलु संरचना नै नभएको नेपाललाई हाल राष्ट्रिय टिममा रहेका खेलाडीले कहिल्य सम्म धान्छन ? यसको जवाफ कोही संग छैन् ।

यसैलाइ मध्यनजर गर्दै करिब चार वर्षअघि स्थापना भएको नेश्नल क्रिकेट एकेडेमी पनि हाल अलपत्र अवस्थामा परेपछि सिनियर खेलाडीलाइ प्रतिस्थापन गर्ने युवा खेलाडी उत्पादनमा ठुलो धक्का पुगेको छ ।

नेपाली राष्ट्रिय टिमका पुर्व प्रशिक्षक पुवुदु दशानायकेको सक्रियतामा सन २०१२ मा किर्तिपुर स्थित टियु मैदानमा नेश्नल क्रिकेट एकेडेमीको स्थापना भएको थियो । राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्य सचिव युवराज लामाले उद्घाटन गरेको एकेडेमीले नेपाली क्रिकेटमा नया आयाम थप्ने बिश्वास गरिएको थियो ।
ब्याकअप खेलाडी नहुनु नेपाली क्रिकेटको सबैभन्दा ठुलो चुनौती हो । यो एकेडेमीले युवा प्रतिभा उजागर गरेर राष्ट्रिय टिमका लागि तयार पार्ने अपेक्षा गरिएको थियो । नेपाल क्रिकेट संघ क्यानको अण्डरमा रहेपनि कुनै आर्थिक सहयोग नपाएको एकेडेमीले चार सिजन युवा खेलाडीलाइ प्रशिक्षण दियो ।

तर क्यान आइसीसीको निलम्बनमा परेसंगै अब कसरी अगाडी बढाउने भन्ने अन्यौल बढेको छ ।

सुरुवातमा निशुल्क प्रशिक्षण दिइए पनि आबश्यक सामग्री जुटाउन समस्या परेपछि शुल्क लिन थालिएको थियो । नौ जना प्रशिक्षकले हरेक शनिबार स्कुले बालबालिकालाइ प्रशिक्षण दिदै आएका थिए । अहिले क्रिकेटको अफ-सिजन भएृपनि एकेडेमीले एसएलसी पछिको बिशेष प्याकेज पनि संचालन गर्न सकेन् ।

एकेडेमीले मुख्य गरी चार वटा कार्यक्रम तिब्र गतिका बलर क्याम्प, शनिबारको ट्रेनिङ, एलएलसी क्याम्प लगायतका कार्यक्रम आयोजना गरेको थियो । यो एकेडेमी बाट एक हजार युवा खेलाडीले प्रशिक्षण लिइसकेका छन ।

अत्याधिक क्रिकेट क्रेज, अन्तराष्ट्रिय स्तरमा एकपछि अर्को सफलता अनि खेलाडीको मेहनतमा कुनै कमी नभएपनि ब्यबस्थापन आन्तरिक किचलोमा अल्झिदा क्याननै निलम्बनमा छ । जसका कारण नेपाली क्रिकेटको घरेलु संचरनामा धमिरा लाग्दै गएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News