नेपाली महिला क्रिकेटको अवस्था र चुनौती

नेपालमा महिला क्रिकेट शून्य जस्तै भएको दुई वर्षभन्दा बढी भइसक्यो । यो बीचमा कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहभागी भएन भने घरेलु प्रतियोगिता पनि आयोजना भएनन् । अहिले नेपाल आईसीसी महिला विश्वकप छनौट एसियाको तयारी जुटेको छ ।

अक्टोबरमा हुने छनौट खेलमा नेपालसहित चार टिमको सहभागिता छ । यति ठूलो प्रतियोगिताका लागि एक महिनाअघि मात्र बन्द प्रशिक्षण सुरु गरेको नेपालले बाँकी समयलाई सक्दो सदुपयोग गर्ने बताएको छ । छनौट खेल ९ देखि १५ अक्टोबरसम्म हुनेछ । ट्वान्टी ट्वान्टी फरम्याटमा हुने खेलको विजेताले सन् २०१७ मा हुने आईसीसी महिला विश्वकप ग्लोबल छनौट खेल खेल्ने अवसर पाउनेछ ।

सन् २००७ मा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा नेपाल उपविजेता बन्यो । एसियाली क्रिकेट परिषदले आयोजना गरेको अण्डर नाइन्टिन क्रिकेट प्रतियोगिताको उपाधिमा त नेपालले ह्याट्रिक नै गर्योक । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई एकपछि अर्को सफलता दिलाएका महिला क्रिकेट खेलाडी भने कहिल्यै पनि नेपाल क्रिकेट संघको प्राथमिकतामा परेनन् ।

क्रिकेट खेल्नै छाड्नेसम्मको मनस्थितिमा पुगेका खेलाडी अहिले हङकङमा हुने विश्वकपको तयारीमा छन् । उनीहरुले छनौटको अर्को चरणमा पुग्न थाइल्याण्ड, हङकङ र चीनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । विजेता टिममात्र अघिल्लो चरण प्रवेश गर्नेछ । कुनै समय नेपालभन्दा निकै कमजोर यी देश अहिले भने नेपालका लागि बलिया प्रतिद्वन्द्वी बनेका छन् । नेपाली महिला टिमको प्रशिक्षणको जिम्मा पाएका राजु बस्नेतको भनाइ मान्ने हो भने पनि नेपाली महिला क्रिकेटको विकाशमा सबै पक्षले ध्यान दिन चुकेका हुन ।

कुनै समय एशियाली स्तरमा अब्वल टिमको परिचय बनाएको नेपाली महिला टिमको सफलतालाइ दोहोर्याउन निकै कठिन भएको बस्न्यातको भनाइ छ । नेपालले अन्तिम पटक दुइ बर्ष अगाडी अन्तराष्टिय प्रतियोगिता खेलेको थियो । सन् २०१४ मा दक्षिण कोरियाको इन्च्योनमा भएको एसियाली खेलकुदपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपालले आसन्न प्रतियोगिताका लागि पनि अहिलेसम्म वैदेशिक प्रशिक्षणको कुनै तालिका छैन ।

महिला क्रिकेटलाइ हेपेकोमा रुविना क्षेत्रीको आक्रोश

नेपाली महिला टिमलाइ हाक्ने जिम्मा पाएकी रुविना घरेलु प्रतियोगितामा ध्यान नदिदा निकै दुख लाग्दो कुरा भएको बताउछिन । क्रिकेट खेलमा नै लागेर भविष्य देखेका खेलाडी प्रतियोगिता खेल्न नपाउदा बेकारमा क्रिकेटमा लागेको जस्तो भान भएको उनको भनाइ छ । अन्तराष्टिय प्रतियोगिता खेल्न नै धौ धौ भइरहेको अवस्थामा खेलाडीलाइ घरेलु प्रतियोगिता गरेर भएपनि ब्यस्त बनाउनु पर्नेमा सबैले कानमा तेल हालेर बसेको उनको भनाइ छ ।

पुरुष क्रिकेटको छायामा महिला क्रिकेट

कुनै समय थियो अन्तराष्ट्रिय प्रतियोगितामा पुरुष टिमले जीत निकाल्न कठिन भएका बेला महिला टिम भने एक पछि अर्को उपाधि हात पार्ने गरेको थियो । तर पछिल्लो पाच बर्षमा पुरुष र महिला टिमको पर्दर्शन ठिक उल्टो बनेको छ । कारण सरोकारवालाले हेर्ने नजरमा परिवर्तन । पुरुष टिमले जितको यात्रालाइ अगाडी बढाउदा महिला टिम त्यसको स्वाद चाखि सकेको थियो ।

तर भनिन्छ नी समय सधै अनुकुल हुदैछ । महिला क्रिकेटमा लगानी घट्दै गयो भने पुरुष क्रिकेटमा बढन थाल्यो । जसको फलस्वरुप महिला खेलाडी फुर्सदिला बन्न थाले भने पुरुष खेलाडी ब्यस्त बने । तर यदि दुबै पक्षका खेलाडीलाइ उतिकै लगानि गरेको खण्डमा अवस्था फरक हुन सक्थ्यो । नेपालले एसीसी महिला च्याम्पियनसिपको उपाधि तीन पटक जित्दा चीनले क्रिकेटको सुरुवात गरेको थियो । तर पछिल्लो पाच बर्षमा चीनले महिला क्रिकेटमा ठुलो फडको मार्दा नेपाली क्रिकेट भने आफ्नो अस्तित्व गुमाउछ की भन्ने चिन्ता बढन थालेको छ ।

योजना विहिन नेपाली क्रिकेट

खेलाडीलाइ कसरी ब्यस्त बनाउने भनेर न त विवादित क्यान सग योजना छ नत राष्ट्रिय खेलकुद परिषदसग । करीव दुइ बर्ष अगाडी परिषदले महिला क्रिकेटमा दुइ दिवसिय र एक दिवसिय प्रतियोगिता गर्ने भनेर आफ्नो योजनामा राखेको थियो तर त्यसलाइ कार्यान्वयन गर्न सकेन । यसपटक पनि बर्षा याममा प्रतियोगिता गर्ने भनेर घोषणा गर्यो तर सम्भव भएन । अन्तत झारो टार्नका लागि परिषले छनोट प्रतियोगिता गर्यो । बर्षा याम त्यसमा पनि पुर्ण रुपमा खेलाडीलाइ खुलेर खेल्न नपाउने अवस्थाका विच खेलाडी छनोट त गर्यो तर चित्त बुझ्दो रुपमा हुन सकेन ।

Comments:

comments

About the author

News Staff

Add Comment

Click here to post a comment

Latest News