International Nepal Cricket समाचार

भारत विरुद्धको पहिलो टेष्टमा खेलाडीको फिटनेसका कारण न्युजिल्याण्ड दबावमा

चोटका कारण न्यजिल्याण्डका अलराउन्डर जिमी निसम भारत विरुद्धको पहिलो टेष्ट गुमाउने भएका छन । रिब इन्जुरीका कारण उनी नागपुरमा हुने भारत विरुद्धको पहिलो टेष्टबाट बाहिरीएका छन ।

सेप्टेम्बर २२ तारिख देखि सुरु हुने भारत र न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट जिमीले गुमाउने पक्का भएपनि उनको स्थानमा अर्को खेलाडी को हुन्छ भन्ने निर्णय गरिएको छैन । गत विहिबार प्रशिक्षणका दौरान उनको रिबमा चोट लाग्न पुगेको थियो । जसका कारण उनले मुम्बई विरुद्ध दिल्लीमा भएको वार्म अप खेलमा पनि पाच ओभर मात्र बलिङ गरेका थिए भने ब्याटिङ गर्न सकेनन ।

न्युजिल्याण्डका प्रशिक्षक माइक हेसोनले जिमी दोस्रो टेष्टमा पुर्ण रुपमा फिट भएर टिममा आउने बताए । यहि आशाका कारण उनलाई टिममै राखिएको छ । गत नोवेम्बरमा ब्याक इन्जुरी भएपछि टिममा राम्रो गर्न नसकेका जिमीलाई यसपटक पनि चोटले सताएपछि उनलाई ठुलो धक्का लागेको छ ।

करीव एक बर्षपछि टिममा फर्कने तयारीमा रहेका जिमीका लागि यो दुखको कुरा भएको प्रशिक्ष्ँकको भनँई छ । न्युजिल्याण्ड टिममा फिटनेसका कारण पहिलो टेष्ट गुमाउने जिमी दोस्रो खेलाडी बनेका छन । यसअघि टिम साउथी पनि चोटका कारण टिमबाट बाहिरीसकेका छन ।

Comments:

comments

About the author

News Staff

Add Comment

Click here to post a comment

Latest News