एभरेष्ट प्रिमियर लिगका लागि फेरीदै किर्तीपुर मैदानको स्वरुप

शनिबार देखि सुरु हुने एभरेष्ट प्रिमियर ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । टिमहरु तयारीमा ब्यस्त बनेका छन भने आयोजकले पुर्वाधार र अन्य स्रोत साधनको तयारी लगभग अन्तिम चरणमा पुर्याएका छन ।

छ वटा कर्पोरेट टिमको सहभागिता रहने इपिएलका लागि किर्तीपुर मैदानको स्वरुप फेरीएको छ । बर्षा सिजनमा उभ्रिएको घासलाई काटेर ग्राउन्डलाई नया डिजाइन दिइएको छ । जोहरा स्पोर्टस म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो खेल बसन्त रेग्मीको कप्तानीमा रहेको कान्तिपुर गोर्खाज र पारस खड्काको कप्तानीमा रहेको विशाल वारियर्स विच हुनेछ ।

करीव ५४ लाख रुपैया पुरस्कार राशीमा खर्च गरिने यस प्रतियोगिताको विजेता र उपविजेताको पुरस्कार राशिको घोषणा आजै गरिदै छ ।

Comments:

comments

About the author

News Staff

Add Comment

Click here to post a comment

Latest News