समाचार

दिनरात मैदान मर्मतमा ब्यस्त हुने कर्मचारीले पाच महिना देखि तलव पाएनन ।

आन्तरिक किंचलो पछि अन्तराष्ट्रिय क्रिकेट परिषदको निलम्बनमा परेको नेपाल क्रिकेट संघको समस्या समाधान कहिल्यै हुन्छ त्यो कसैलाइ थाहा छैन् । आइसीसीले नेपाललाइ अन्तराष्ट्रिय प्रतियोगिता खेल्न दिएकोमा नै संतुष्ट छन उनीहरु । तर क्यान निलम्बनको प्रत्यक्ष मारमा टियु मैदानमा काम गर्ने कामदार परेका छन । यी कामदारले पांच महिना देखी तलव पाएका छैनन् ।

टियु मैदानमा हरेक दिन खेलाडी अभ्यासमा आउदैनन् । तर यी कामदार जुनसुकै बेला यहि मैदानमा भेटिन्छन । खेलाडीका लागि उत्कृष्ट मैदान तयार पार्न उनीहरु दिन रात खट्छन । उनीहरुको दैनिक जीवन चलाउने माध्यम पनि यहि काम हो ।

तर क्यान निलम्बनमा परेपछि उनीहरुको दैनिकी निकै कष्टर बनेको छ । कारण उनीहरुले पांच महिना देखी तलव पाएका छैनन् । खले भएको दिन बाहेक सधै आफ्नै प्रसाले खाना खाजा खानु पर्छ, बस चढेर टियु मैदान सम्म आउनु पर्छ, कोठा भाडा अनि छोराछोरीको स्कुलको खर्च । सबै यहि कामको कमाइले तिर्ने हो ।
चैत महिनाको तलब थापेपछि उनीहरुले पैसा पाएका छैनन् । लामो समय देखी तलव नपाएपनि क्रिकेट र खेलाडकिो मायाले दैनिक काम गरिरहेको उनीहरुको भनाइ छ ।
टियु मैदानमा तीन जना महिला सहित १८ जना कामदार छन । जसमा दुइ जनाले १२ हजार र बांकी सवैले मासिक साढे दश हजार तवल पाउछन् । क्यान निलम्बन पछि सबै काम आइसीसीलेनै गर्दै आएको छ ।

चैतमा पनि कामदारले पांच महिनाको तलव पाएका थिए । त्यो पनि नामिबिया संगको खेल नेपालमा हुने भएपछि आइसीसीले तलव दिएको कामदारको भनाइ छ । मैदानका कामदार मात्र होइन क्यानका नौ जना कर्मचारीले पनि पांच महिना देखीनै तवल पाएका छैनन्, आइसीसीले क्यान निलम्बन पछि भावना घिमिरेलाइ स्थायिन तहरमा संयोजन गर्ने जिम्मा दिएको छ । यस विषयमा उनलाइ जानकारी गराउदा आफुले क्यानको प्रमुख कार्यकारी अधिकृत बाट राजीनामा दिएकाले केही गर्न नसक्ने बताएको छुमीले बताए ।

अहिले राष्ट्रिय खेलुकद परिषदले आइसीसीलाइ कामदारको तलव छिटो दिन आग्रह गर्दै चिठी पठाएको छ । स्थानिय स्तरमा आफ्नो समस्या समाधान गर्न पहल नगर्ने अनि सबै विषयमा आइसीसी संग भर परेकाले नेपालको क्रिकेट दयनिय अवस्थामा पुगेको बिश्लेषकहरु ब्ताउछन ।

Click to comment

Leave a Reply

Your email address will not be published.

Most Popular

To Top