अमेरीकामा हुने टु टेन क्रिकेट यूएसए कप खेल्न सात जना नेपाली खेलाडी जादै, विजेताले ६० हजार अमेरीकी डलर पाउने

अमेरीकाको टेक्ससमा हुने टु टेन क्रिकेट यूएसए कप खेल्न नेपाली राष्ट्रिय टिमका सात जना खेलाडी अमेरीका जादैछन ।

टेक्ससको हस्टनमा हुने प्रतियोगिताका लागि नेपालबाट कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषवाकर, सुवास खकुरेल, सोमपाल कामी र सिद्धान्त लोहनी जान लागेका हुन । जसमध्ये कप्तान पारस खडका अमेरीका पुगिसकेका छन । उनले अमेरीका पुगे लगत्तै बोस्टनमा आयोजना भएको फण्ड रेजिङ डिनर कार्यक्रममा समेत आप्mनो उपस्थिती जनाएका थिए । टिममा बाकि खेलाडी अमेरीकामा बस्दै आएका पुर्व नेपाली क्रिकेटर हुनेछन ।

नेपालबाट जाने सात खेलाडीले राकेश कर्णले स्थापना गरेको नेपाली राइनोज क्रिकेट क्लवबाट खेल्नेछन । नोभेम्बर ९ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा नेपाल सहित अमेरीका, बेलायत, यूएई गरी ८ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा विश्व चर्चित पाकिस्तानी खेलाडी सहिद अजमल, कमरन अकमल, असद अली, वेष्ट इन्डिजका रिकार्डो पावेल लगायताका खेलाडीले पनि खेल्ने बताइएको छ । प्रतियोगितामा कुल १५ खेल हुनेछन ।

प्रतियोगिताको विजेताले ६० हजार दुई सय ५० अमेरीकी डलर पाउनेछ ।

खेलको ढाचा कस्तो हुनेछ ?

प्रतियोगिता टि–२० भएपनि १० ओभरको चार वटा इनिङ हुनेछन । इनिङमा टेष्ट क्रिकेटको नियम लागु हुनेछ । पहिलो टिम एले टस जितेर ब्याटिङ गरेमा उसले १० ओभर ब्याटिङ गर्नेछ । त्यसपछि टिम बी ले १० ओभर ब्याटिङ गर्नेछ ।

यदि टिम बी ले टिम ए ले बनाएको रनको ५० प्रतिशन रन बनाउन नसके टेष्ट क्रिकेटमा जस्तै टिम बी फलो अनमा पर्नेछ र टिम बी ले त्यहिबाट दोस्रो इनिङ सुरु गर्नेछ । यदि टिम बी ले ए टिम भन्दा बढी रन बनाएमा त्यो लिग को रुपमा हुनेछ । यो नियम बाहेक अन्य टिम भने ट्वान्टी ट्वान्टी क्रिकेट अनुसार नै हुनेछ ।

Comments:

comments

Latest News