Nepal Cricket समाचार

कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता सुरु, बलिया टिमको विजयी सुरुवात

राजधानीमा आज देखि सुरु भएको सेन्चुरी बैक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा बलिया टिमको बर्चश्व रह्यो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा कान्तिपुर निम्बुससंग तीन विकेले पराजित भयो । कान्तिपुरले निर्धारीत पाच ओभरमा तीन विकेट गुमाउदै ५७ रन बनाएको थियो । कान्तिपुरका लागि पुष्प गिरीले २८ रन बनाए । जवाफमा निम्बुसले चार ओभर पाच बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । निम्वुसको जीतमा अनुभव अधिकारीले २३ रन बनाए ।

अर्को खेलमा सिप्रदीले नेपाल टेलिकमलाई दुई विकेटले हरायो । नेपाल टेलिकमले दिएको ४८ रनको लक्ष्य सिप्रदीले चार विकेट गुमाउदै पुरा गर्यो ।
प्रभु बैकले माछापुछ्रे बैकलाई २९ रनले पाखा लगायो । प्रभु बैकले पाच ओभरमा ९६ रन बनाएको थियो । जवाफमा माछापुछ्रे ६७ रनमा रोकियो ।

अर्को खेलमा मेघा बैकले कुमारी बैकलाई २४ रनले हरायो । मेघा बैकले बनाएको ७१ रनको लक्ष्य पक्ष्याएको कुमारी बैक ४७ रनमा रोकियो ।
अर्को खेलमा नेपाल एसबीआइ बैकले सुविसुलाई छ विकेटले हरायो । ६० रनको लक्ष्य पक्ष्याएको नेपाल एसबीआइ बैकले चार ओभर एक बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।

Comments:

comments

About the author

News Staff

Latest News