सेन्चुरी बैक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता पर्सि देखि

सेन्चुरी बैकको प्रायोजन र एसएस इभेन्टसको आयोजनामा बुधबार देखि राजधानीमा सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १९ टिमका सहभागिता रहेको छ ।

एसएस इभेन्टसले तेस्रो सस्करणका रुपमा आयोजना लागेको पाच दिने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । सहभागि १९ टिमलाई छ समुहमा विभाजन गरिएको छ । जसमा पाच समुहमा तीन टिम रहेका छ भने एक समुहमा चार टिम रहेका छन ।

सहभागि १९ टिममा १३ वटा बैक एक मिडिया हाउस र पाच वटा कर्पोरेट टिम रहेका छन । जसमा सेन्चुरी बैक, सिभिल बैक, एनआइसी एशिया बैक, प्रभु बैक, नविल बैक, नेपाल एसबीआइ बैक, माछापुछ्रे बैक, कुमारी बैक, ज्वती विकाश बैक, मेघा बैक, एनसीसी बैक, एनएमबी बैक, आइसी एफसी फाइनान्स, कान्तिपुर मिडिया ग्रुप, रुस्लान, सुविसु, नेपाल टेलिकम, सिप्रदी र निम्बुस रहेका छन ।

प्रतियोगितामा हरेक समुहका शिर्ष दुई टिम साझै प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन भने राम्रो रनरेटमा रहेका बाकि छ टिमले पनि प्रिक्वाटरफाइनमा स्थान बनाउनेछन । जसबाट क्वाटरफाइलमा पुग्ने आठ टिमको टुङगो लाग्नेछ ।

प्रतियोगिताको समुह सी मा रहेको कान्तिपुर मिडिया ग्रुप रहेको समुहमा निम्बुस र ज्वती विकाश बैक रहेका छन । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको ब्यवस्था रहेको छ ।

Comments:

comments

About the author

News Staff

Latest News