समाचार

मुख्य प्रायोजक सेन्चुरी बैक बन्यो कर्पोरेट क्रिकेटको नया च्याम्पियन

राजधानीमा सम्पन्न कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधी सेन्चुरी बैकले जितेको छ । आज भएको फाइनलमा सेन्चुरी, एसबिआइ बैङकलाइ ६ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एसबिआइले निर्धारित ५ ओभरमा दुइ विकेट गुमाउदै ५५ रन बनाएको थियो । उसका लागि मोनिस श्रेष्ठले अविजीत ३६ रन बनाएका थिए । सेन्चुरीका केशर रावलले एक विकेट लिए । जवाफमा ५६ रनको लक्ष्य सेच्चुरीले तीन ओभ। पांच बलमा बिना क्षती पुरा गरयो । सेन्चुरीलाइ सहज दिलाउन दिवस डंगोलले ३४ र सुवास शर्माले १८ रनको योगदान दिए ।

उपाधी जिते संगै प्रतियोगिताको मुख्य प्रयोजक समेत रहेको सेन्चुरीले अर्को संस्करणमा निशुल्क प्रवेश पाएको छ । ब्यक्तिगत विधा तर्फ च्याम्पियन टिमका सुरज तिमल्सिना म्यान अफ द सिरिज र उत्कृष्ट फिल्डर चुनिए । यस्तै आइसीएफसी फाइनान्सका अरबिन्द राणा उत्कृष्ट ब्याट्सम्यान, सिभिल बैङका राज श्रेष्ठ उत्कृष्ट बलर र एसबिआइ बैङका साकार श्रेष्ठ उत्कृष्ट विकेट किपर घोषित भए ।

Comments:

comments

About the author

News Staff

Latest News