Nepal Cricket

एभरेष्ठ प्रिमियर लिगको उपाधी पञ्चकन्या तेजलाई

एभरेष्ट प्रिमियर लिगको उपाधी पन्चकन्या तेजले जितेको छ । अपराजीत रहदै च्याम्पियन बनेको पन्चकन्याले फाइनलमा कलर्स एक्स फ्याक्टर्सलाइ ४० रनले पराजित गरेको हो ।

किर्तिपुर स्थित टियु मैदानमा टस जितेर ब्याटिङ गरेको पन्चकन्याले आशिफ शेखले प्रतियोगिताकै पहिलो शतक प्रहार गरेपछि निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ७१ रन बनाएको थियो । पन्चकन्याका लागि ओपनर आशिफले अविजति १ सय ११ रनको योगदान दिए । उत्कृष्ट ब्याटिङ गरेका उनले ६४ बल खेल्दै ८ छक्का र ७ चौका हिर्काए । आरिफ शेखले २३ रन बनाउदा सोनु तामाङ १२ रनमा अविजीत रहे ।

कलर्सका लागि अमर राउटेला सबैभन्दा महंगा बलर सावित भए । दुइ ओभर बलिङ गरेका राउटेलाले १ विकेट लिदै ४० रन खर्चिए । १९ औं ओभरमा राउटेलाको बलिङमा पन्चकन्याले २६ रन बटुलेको थियो । जवाफमा ज्ञ सय ७२ रनको लक्ष्य पछ्याएको कलर्स १७ ओभर ३ बलमा १ सय ३१ रन बनाउदै अल आउट भयो । कप्तान ज्ञानेन्द्र मल्लले ४७ र राजेश पुलामी मगरले ३७ रन बनाएपनि अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । पहिलो ओभरमै विकेट खेर फालेको कलर्सको पारीलाइ करण केसीले ध्वस्त पारेका थिए ।

१५ औं ओभरमा कलर्सका तीन ब्याट्सम्यान करणको बलमा आउट हुदै पेभेलियन फर्किएका थिए । कप्तान शरद भेषावकर र शुसील कंडेलले एक एक विकेट लिए । म्यान अफ द फाइनल बनेका आशिफ टिबी शाह इमर्जिङ प्लयेर अफ द टुर्नामेन्ट पनि बने । म्यान अफ द सिरिज भने जगदम्बा राइनोजका सोमपाल कामी घोषित भए । विजेता टिम पन्चकन्याले उपाध िसंगै ५ लाख पुरस्कार प्राप्त गरेको छ । च्याम्पियन टिमलाइ भारत्ीय क्रिकेट टिमका पुर्व कप्तान अजय जडेजाले पुरस्कार प्रद्यान गरेका थिए । पन्चकन्या लिगमा अपराजित रहने एकमात्र टिम हो ।

Most Popular

To Top