समाचार

आइसीसी महिला विश्वकपको एशिया रिजन छनोटमा नेपालको पहिलो हार

14571837_10208821332105468_1541003541_o

नेपालले आइसीसी महिला बिश्वकप छनौटमा हारका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको पहिलो खेलमा नेपाल घरेलु टोली हङकङ संग ६ विकेटले पराजित भएको हो ।

मोङ कोक स्थित मिशन रोड मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा अल आउट हुदै ७७ रनको झिनो योगफल बनायो । कमजोर ब्याटिङ गरेको नेपालका लागि निर्मला शाहीले ३२ बल खेल्दै सर्वाधिक १८ रन बनाइन् ।

14572753_10208821676834086_697871655_o

कप्तान रुविना क्षेत्रीले १२ र रश्मी शर्माले ११ रन जोडे । रुविना बेट्टी चान मानको बलमा छक्का हाने लगत्तै स्टम्पिङ भएकी थिइन् । नेपालले पहिलो विकेटका रुपमा चौथो बलमा ओपनर ज्योती पाण्डेलाइ गुमाएको थियो । उनी एक रनको ब्यक्तिगत स्कोरमा मैदान बाहिरिन् ।

14643191_10208821332105468_1541003541_n

यस्तै अर्की ओपनर सिता राना मगर पनि लामो समय क्रिजमा टिक्न सकिनन् । सिता चार रनमा पेभेलियन फर्किदा इन्दु बर्मा नौ रनमा रन आउट हुन पुगिन । नेपालका सात जना खेलाडीले दोहोरो अंक छुन सकेनन् । हङकङकी मारिको हिल, चान मान र क्यारलोट्टी चानले दुइ दुइ विकेट लिए ।

cuucw3lviaehcqo

जवाफमा ७८ रनको लक्ष्य हङकङले १६ ओभर ३ बलमा मात्र चार विकेट गुमाउदै पुरा ग¥यो । उसका लागि वान यीपले ३३ र यासमिन डसवानीले १३ रन बनाए । नेपालका निर्मला शाहीले २ विकेट लिइन् । नेपालले अब भोदी थाइल्याण्ड संग प्रतिस्पर्धा गर्नेछ ।

s_8e61f1df407348eb0153a64b0c89e467

आज भएको उद्घाटन खेलमा थाइल्याण्डले चीनलाइ ७५ रनले हरायो । यसैबीच हङकङ विरुद्धको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेका छन । ज्योती, निर्मला र सवनम राइले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।

Most Popular

To Top