Nepal Cricket समाचार

आइसीसी महिला विश्वकपको एशिया रिजन छनोटमा नेपालको पहिलो जीत

आइसीसी महिला बिश्वकप छनौट खेलमा नेपालले पहिलो जीत हात पारेको छ । आज भएको आफ्नो तेस्रो खेलमा नेपालले चीनलाइ २० रनले पराजित गरेको हो ।

हङकङ स्थित कोलुन क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ९५ रन बनाएको थियो । नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाइन् ।

नेपालले अघिल्ला दुइ खेल भन्दा आज चीन विरुद्ध केही सुधारिएको ब्याटिङ प्रदर्शन गरेको थियो । नेपालका लागि काजोल श्रेष्ठ र सिता राना मगरले ओपनिङ गरेका थिए ।

प्रशिक्षक राजु बस्न्यातले चीन विरुद्ध ज्योती पाण्डेको स्थानमा काजोललाइ ओपनिङ पठाएका थिए । तर आजपनि ओपनिङ जोडीले राम्रो सुरुवात दिन सकेनन् । नेरीले सम्हालिएको ब्याटिङ गर्दै ४२ बलमा ३८ रन बनँएपनि नेपालले सम्मानजनक स्कोर खडा गरेको थियो । नेरीले आफ्नो पारीमा दुइ छक्का र दुइ चौका हिर्काइन् । निर्मला हाहीले १४ र ज्योतीले दश रन जोडे । चीनकी ली याीङयीङले ५ विकेट लिइन् ।

जवाफमा ९६ रनको लक्ष्य पछ्याएको चीन पुरै ओभर खेल्दै ८ विकेटको नोक्सानीमा ७५ रनमा समेटियो । उसका लागि उ जुवानले सर्वाधिक ११ रन बनाएकी थिइन् । नेपालकी सरिता मगरले तीन र सवनम राइले दुइ विकेट लिइन् ।

जीतपछि नेपालले अंक तालिकामा खाता खोलेको छ । अब नेपालले लिग चरणको दोस्रो चरणमा पर्सी हङकङ संग प्रतिस्पर्धा गर्नेछ ।

Comments:

comments

About the author

News Staff

Latest News