समाचार

न्युजिल्याण्ड विरुद्धको तेस्रो खेलमा भारत विजयी, विराट कोहलीको चमत्कारी प्रर्दशन जारी

India's Virat Kohli plays a shot during the third one-day international cricket match against New Zealand in Mohali, India, Sunday, Oct. 23, 2016. (AP Photo/Tsering Topgyal)

न्युजिल्याण्ड विरुद्धको तेस्रो एकदिवसिय खेलमा भारत सात विकेटले विजयी भएको छ । जीतसंगै भारतले पाच खेलको श्रीखलामा दुई एकको अग्रता बनाएको छ ।

मोहाली स्थित पञ्जाव क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा दुई सय ८५ रन बनाएको थियो । उसका लागि टोम लाथमले ६१, जेम्स निसामले ५७ तथा रोस टेलरले ४४ रन बनाए । यस्तै मेट हेनरीले अविजीत ३९ रन बनाउदा ओपनर मार्टिन गुप्टिलले २७ रन जोडे । बलिङ तर्पm भारतका उमेश यादव र केदार जादभले तीन तीन विकेट लिए ।

जवाफमा भारतले दुई सय ८६ रनको लक्ष्य ४८ ओभर दुई बलमा मात्र तीन विकेट गुमाउदै पुरा गर्यो । भारतको जीतमा विराट कोहली नायक बने । उत्कृष्ट फर्ममा रहेका विराटले एक सय ३४ बलमा एक सय ५४ रनको पारी खेले । उनले पारिमा १६ चौका र एक छक्का प्रहार गरेका थिए ।
यस्तै कप्तान महेन्द्र सिंह धोनीले ८० तथा मनिश पाण्डेले २८ रनको योगदान गरे । यी दुई टिम विच भएको पहिलो खेलमा भारत विजयी भएपनि दोस्रो खेल न्युजिल्याण्डले जितेको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News