विश्व क्रिकेटमा महेन्द्र सिंह धोनीले बनाए नया किर्तीमान

धर्मशाला स्थित पञ्जाव क्रिकेट मैदानमा न्युजिल्याण्ड विरुद्ध छ विकेट जीत निकालेको भारतीय टिमका कप्तान महेन्द्र सिंह धोनीका लागि यो खेल विशेष बन्यो । कारण उनी विश्व क्रिकेटमा सफल कप्तानको सुचिमा दोस्रो स्थानमा उक्लेका छन ।

भारतीय क्रिकेट टिमका सफल कप्तान धोनी केहि साताको विश्रामपछि पुन टिममा फर्केसंगै नया किर्तीमान आफनो नाममा लेखाए । कप्तान धोनीले यो खेल जितेसंगै अष्ट्रेलिया तथा विश्व क्रिकेटमा दोस्रो सफल कप्तान मानिने एलेन बोर्डलाई पछि छोडेका छन ।

न्युजिल्याण्ड विरुद्धको जीतपछि धोनीले आफनो कप्तानीमा एक सय आठ खेलमा टिमलाई विजयी बनाए । बोर्डको कप्तानीमा अष्ट्रेलियाले यसअघि एक सय सात खेलमा जीत निकालेको थियो ।

सफल कप्तानको सुचिमा अहिलेपछि रिकी पोन्टिङ शिर्ष स्थानमा छन । उनले आप्mनो कप्तानीमा टिमलाई एक सय ६५ एक दिवसिय खेलमा जीत दिलाएका थिए ।

Comments:

comments

About the author

News Staff