समाचार

क्रिकेट मैदान निर्माणका लागि रकम पाउ भनि खेलाडी, प्रशिक्षकले मन्त्रीलाई बुझाए ज्ञापनपत्र

नेपालको बहुचर्चित मुलपानी क्रिकेट मैदानको निर्माण सुरु भएको १४ बर्ष वितिसक्दा पनि अझै कहिले पुरा हुने हो त्यसको टुङगो छैन । सन् २००० देखि सुरु गरिएको यो मैदान निर्माणका लागि हरेक बर्ष बजेट विनियोजन हुन्छ तर कहिले पनि समाप्त हुदैन । अहिलेसम्म करीव २० करोड रुपैया लगानी भइसकेपनि अझै यो मैदान कहिले खेल्न योग्य हुन्छ कसैलाई थाहा छैन ।

समय यस्तै आएको छ अव मैदान निर्माण पुरा गरियोस भनेर खेलाडी, प्रशिक्षक र अम्पायरले नै ज्ञापन पत्र बुझाउनु परेको छ । प्रशंग हो युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीलाई क्रिकेटका खेलाडी, प्रशिक्षक र पदाधिकारीले बुझाएको ज्ञापन पत्रको ।

एक किसिमले हेर्नेहो भने मैदान निर्माणका लागि लगानी दिनपर्यो भनेर यसरी ज्ञापनपत्र बुझाउनु आफैमा क्रिकेट जगतका लागि लाजमर्दो विषय हो । किनकी खेलाडीले खेल्ने, प्रशिक्षकले प्रशिक्षण गर्ने र अन्य पदाधिकारीले आप्mनो काममा ब्यस्त हुनुपर्ने बेला हो । सरकारी निकायले पुर्वाधार बनाएर सबै पक्षलाई ब्यस्त राख्ने बाताबरण बनाउनु पर्ने हो । तर परिस्थिती उल्टो छ । मैदान भित्र हुने ब्यक्तिहरु ज्ञापनपत्र बुझाइराखेका छन भने उनिहरुलाई सुविधा उपलब्ध गराउने ब्यक्तिहरु त्यो ज्ञापनपत्र बुझिरहेका छन ।

आज भन्दा दुई बर्ष अगाडी नै मुलपानीको माथिल्लो क्रिकेट मैदान तयार हुन्छ भनेर सो बेला क्यानमा रहेका पदाधिकारी दावी गर्थै । तर समय वित्दै गयो पदाधिकारी पनि बाहिरीए तर मैदान जस्ताको त्यस्तै ।

क्रिकेट मैदान निर्माणका लागि पहिले मैदान तयार पारेर त्यसपछि प्याराफिट अनि बाकि काम गर्ने गरिन्छ । तर मुलपानीको मैदानमा भने पहिले प्याराफिट बनाइयो, त्यसपछि वरिपरीको तारजाली हालियो त्यो पनि अस्थाई रुपमा । यहि तारजाली र मैदान सम्याउनका लागि पनि सो बेला क्यान भित्र विवाद नभएको होइन ।
तत्कालिन सिइओ भावना घिमिरेले एक समय मैदानमा डोजल लगाएर मैदान सम्याउने र छ महिनामा खेल्न योग्य बनाउने भन्दै चर्चा कमाइन । तर अहिले तीनै भावना क्यानमा छैनन ।

हुदा हुदा खेलाडी गएर मन्त्रीलाई मैदान निर्माणका लागि १६ लाख ७६ हजार रुपैया उपलब्ध गराईपाउ भनेर ज्ञापनपत्र बुझाउनुलाई के बुभ्mने । बोलीमा मात्र सिमित हुने खेल पदाधिकारीहरु आफैले बुभ्mनु पर्ने हो विकाशका क्रममा रहेको क्रिकेटलाई समयमा नै उचित किसिमले योजनाबद्ध बनाएर अगाडी बढाउ । तर आफनोमात्र सोच्ने बानिले होला चर्चाको शिखरमा रहेको क्रिकेट यतिबेला निलम्बनमा परेको ।

Comments:

comments

About the author

News Staff

Latest News