समाचार

आइसीसी महिला बिश्वकप अन्तर्गत एशीया क्षेत्रको छनौट खेलमा नेपालले दोस्रो जीत, हङकङ छ रनले पराजित ।

आइसीसी महिला बिश्वकप अन्तगर्त एशीया क्षेत्रको छनौट खेलमा नेपालले दोस्रो जीत निकालेको छ । आज भएको लिगको दोस्रो खेलमा नेपालले हङकङलाई छ रनले पराजित गर्यो ।

हङकङको कलङ क्रिकेट क्लबमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ७५ रन बनायो । सुरुवातका तीन ब्याट्सवुमन सिंगल रनमा पेभेलियन फर्किएपछि धरापमा परेको नेपालको पारीलाइ मध्यक्रमले केही उकास्ने प्रयास ग¥यो । आजपनि नेपालको ओपनिङ जोडीले कुनै कमाल देखाउन सकेन् । काजल श्रेष्ठ दुइ र सिता राना मगर एक रनमा मैदान बाहिरिए ।

आश गरिएकी खेलाडी निर्मला शाही मात्र तीन रनको ब्यक्तिगत स्कोरमा क्याच आउट हुन पुगिन् । नेपालको पारीमा करुणा भण्डारीले सर्वाधिक १९, इन्दु बर्माले १५, ज्योती पाण्डेले ११ र नेरी थापाले १० रन बनाए । हङकङकी बेट्टी चानले तीन विकेट लिइन् । जवाफमा हङकङ १७ ओभर चार बलमा मात्र ६९ रनमा अलआउट भयो । नौ रन हुदा पहिलो विकेट गुमाएको हङकङले ३७ रन हुदा चार विकेट गुमाएको थियो ।

४४ रन बनाउदा छ विकेट गुमाएको हङकङ ६९ रनमा अलआउट भयो । हङकङका लागि केरी चाङले सर्वाधिक १८ रन बनाइन भने कप्तान मारिको हिलले १३ रनको योगदान गरिन । यस्तै किनु गिलले १० बनाइन । बाकि खेलाडीले दोहोरो अंक जोडन सकेनन । नेपालको जीतमा करुना भण्डारीले तीन तथा सिता रानामगरले दुई विकेट लिइन । यस्तै रुविना क्षेत्री, निर्मला शाही र सबनम राईले एक एक विकेट लिइन ।

जीतसंगै नेपालले पहिलो चरणमा हङकङसंग ब्यहोरेको हारको बदला पनि लिएको छ । दुई जीत र दुई हारको साथ चार अंक बनाउदै नेपाल तेस्रो स्थानमा पुगेको छ । अब नेपालले अर्को खेलमा भोली थाइल्याण्डसंग खेल्नेछ ।

Most Popular

To Top