Nepal Cricket

दुई नेपाली युवा क्रिकेट खेलाडी अस्ट्रेलियाको प्रतिष्ठित क्रिकेट क्लबमा छनौट

दुई नेपाली युवा क्रिकेट खेलाडी अस्ट्रेलियाको प्रतिष्ठित क्रिकेट क्लबमा छनौट भएका छन् । सिड्नीमा रहेको सिड्नी थण्डर क्रिकेट क्लवको अलस्टार टिममा नेपाली युवाहरु हेमन्त आचार्य र कीर्तन ताम्राकार छनौट भएका हुन् ।

सिड्नी थण्डर अस्ट्रेलियाको ए डिभिजनको राम्रो टिम मानिन्छ । प्रत्येक वर्ष विदेशबाट आएका क्रिकेटरहरुलाई अवसर दिदै आएको क्लवले यसवर्ष विभिन्न देशहरुबाट गरेको छनौटमा दुई नेपाली युवाले पनि छनौट हुने अवसर पाएका हुन् ।
केही दिनअघि आयोजना गरिएको पाकिस्तान, नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान र फिजीका खेलाडीहरु सम्मिलित खेलबाट १६ जनाको अलस्टार टिमको छनौट गरिएको हो । जसमा उनीहरु समेत अटाएका हुन् ।

cricketer

‘नेपाली युवा भएर अस्ट्रेलियाको प्रतिष्ठित क्लबको प्रारम्भिक छनौटमा पर्नु हाम्रो लागि सुनौलो अवसर हो । सिड्नी थण्डर क्लबको अलस्टार टिममा छानिएका आचार्यले भैरहवाबाट क्षेत्रीयस्तरको विभिन्न प्रतियोगितामा सहभागिता भइसकेका हुन् भने ताम्राकारले ललितपुरबाट जिल्लास्तरको विभिन्न खेलहरु खेलिसकेका छन् ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top