Nepal Cricket

सिड्नीमा सन्दिपको उत्कृष्ट बलिङ

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले सिड्नीमा सनसनी मच्चाएका छन् । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको प्रिमियर ग्रेड क्रिकेट सिजन खेल्न सिड्नी पुगेका लामिछानेले आज बी ग्रेडको खेलमा सबैभन्दा बढी २१।१ ओभर बलिङ गरेका उनले ५ ओभर मेडन राख्दै ६३ रन दिएर ६ विकेट लिएका हुन्।
टस जितेर ब्याटिङको निम्तो पाएको सन्दीपको टिम ४९।१ ओभरमा २१८ रन बनाई अल आउट भएको थियो। अन्तिम नम्बरमा ब्याटिङ गरेका सन्दीपले पाँच बलमा एक चौकासहित पाँच रन बनाई आउट भए।

sandep

जवाफी ब्याटिङमा उत्रिएको सेन्ट जर्जलाई सन्दीपको घातक बलिङ अफाप सिद्ध भयो। सर्वाधिक ६१ रन बनाएका रोस भेर्गोपोलस सन्दीपले स्टम्प आउट गराए। ३१ रन बनाएका मिसेल एडवार्डसलाई उनले एलबिडब्ल्यु धरापमा पारे। २८ रन बनाएका बेन बर्केलाई सन्दीपले आफ्नै बलमा क्याच आउट गराए।

१४ रन बनाएका बेन पानायोटोपोलसलाई उनले आफ्नै बलमा आफैले क्याच आउट गरे। उनले आफ्नो पाँचौं विकेट पिटर फ्रान्सिसलाई स्टम्प आउट गराई लिए। त्यसैगरी १२ रन बनाएका क्रेग थोर्नबोरोलाई पनि सन्दीपले नै आउट गरे।

सिजनको ए ग्रेडको पहिलो खेलमा उनले एक विकेट लिए पनि पछिल्ला दुई म्याचमा कुनै विकेट लिन नसकेपछि उनलाई आज बी ग्रेडको खेल खेलाइएको थियो।

उनी संलग्न टिम वेस्टर्न सबअर्ब्सले ए ग्रेडको लगतार दुई म्याचमा पराजय भोग्नुपरेको थियो। अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले उनलाई आफ्नो टिम वेस्टर्न सबअर्ब्सबाट खेल्न डाकेका थिए।

score

Most Popular

To Top