समाचार

श्वास्थ्य राम्रो नभएपछि सुरेस रैना दोस्रो खेलबाट पनि बाहिर

विरामीका कारण न्यूजिल्याण्ड विरुद्धको दोस्रो एक दिवसिय खेलमा पनि सुरेस रैना बाहिरी हुने भएका छन ।

धर्मशालामा भएको पहिलो एक दिवसिय खेलमा विरामीका कारण टिममा नपरेका रैना दोस्रो खेलमा पनि पुर्ण रुपमा तन्दुरुस्त नभएका कारण प्लेइङ सेटमा नपर्ने पक्का भएको छ । भारतीय टिमका मेडिकल टिमले रैनालाई तन्दुरुस्त हुन थोरै समय भएकाले दोस्रो खेल खेल्न नसक्ने बताए । अक्टोबर छ तारिखमा भएको रणजी ट्रफिमा उत्तर प्रदेशको कप्तानी गर्दा विरामी परेका रैना अझै पनि पुर्ण रुपमा निको भएका छैनन ।

रैनाले भारतीय जर्सिमा अन्तिम पट २०१५ को अक्टोबरमा अष्ट्रेलिया विरुद्ध खेलका थिए । त्यसपछि जिम्वावे विरुद्धको सिरीजमा पनि रैना टिममा पर्न सकेनन । वेष्ट इन्डिज विरुद्धको ट्वान्टी ट्वान्टी सिरीजमा पनि रैनाले टिममा स्थान बनाउन सकेका थिएनन । तर न्युजिल्याण्ड विरुद्धको खेलमा रैनालाई टिममा बोलाइएपनि उनको स्वास्थ्य स्थिती राम्रो नभएका कारण खेल्न सकेका छैनन ।

Comments:

comments

About the author

News Staff

Latest News