पश्चिमाञ्चलस्तरीय ट्वान्टी–२० क्रिकेटको उपाधि प्रोफेसनल क्रिकेट क्लबलाई

तानसेनको प्रोफेसनल क्रिकेट क्लबले पश्चिमाञ्चलस्तरीय ट्वान्टी–२० क्रिकेटको उपाधि हात पारेको छ ।

बिहिबार सम्पन्न फाइनलमा पाल्पाकै मिसन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै प्रोफेसनलले उपाधि चुमेको हो । टस जितेर पहिले व्याटिङ्ग रोजेको मिसन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर सय रनको योगफल जोड्यो । मिसनका प्रकाश केसीले २८, मनिष न्यौपानेले २७, सुशील गौचनले १३, सान गुरुङले १२ र धीरेन शाही ११ रन जोड्न सफल भए । वलिङतर्फ सुरेश गोदारले ३, दिपेन्द्र यादवले २ विकेट लिन सफल भए ।

१ सय १ रनको लक्ष्य लिएर मैदान पसेको प्रोफेसनल क्रिकेट क्लबले १९ ओभर ४ वलमा ४ विकेटको क्षतिमा लक्ष्य पुर्‍यायो । जसमा रोहित पौडेल ५६, दिपेन्द्र यादवले १७, विरेन्द्र जयसवालले १३ रन जोडे । पौडेल र यादव अविजित रहे । बलिङतर्फ भने धीरज शाहीले २ र ईश्वर गुरुङले एक विकेट लिए ।
प्रोफेसनलका रोहित पौडेल ‘म्यान अफ द फाइनल’ घोषित भए ।

Comments:

comments

About the author

News Staff