समाचार

बजेट अभावका कारण महिला क्रिकेटको बन्द प्रशिक्षण तोकेको समयमा हुन सकेन ।

हङकङमा भएको आइसीसी महिला विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको प्रतिस्पर्धामा दोस्रो बनेर एशिया कपमा स्थान बनाएको नेपाली महिला क्रिकेट टिमको प्रशिक्षण नेपाल फर्किएको चार दिन पनि नै सुरु गर्ने बताइएको थियो । टिम स्वदेश फर्किदा स्वागत भब्य गर्न आतुर बनेका पदाधिकारी खेलाडी विमानस्थलबाट बाहिरीएसंगै अबको योजना के भन्ने तीर ध्यान दिनु भन्दा पनि ठुलो झण्झट सकियो जस्तो सोच्छन नेपाली क्रिकेटमा ।

14686492_10154480816937165_1588525125_n

त्यसमा पनि महिला क्रिकेटलाई त प्लानिङमा निकै कम राखिने गरेको छ । एशिया कपमा स्थान बनाएसंगै खेलाडीले भनेका थिए म्याच एक्पोजर राम्रो पाएमा एशिया कपमा राम्रो प्रदर्शन गर्ने भनेर । त्यसका लागि उचित समय र उचित किसिमको प्रशिक्षण आवश्यक रहेको बताएका थिए । तर चार दिनपछि नै एशिया कपका लागि प्रशिक्षण सुरु गर्ने भनिएपनि अझसम्म हुन सकेको छैन ।

अब तिहारपछि खेलाडीलाई प्रशिक्ष्ँणमा राखिने योजनामा रहेको बताइएको छ । तर कति गते भन्ने एकिन छैन, यसको मुख्य कारणको राष्ट्रिय खेलकुदबाट बजेट निकाशा हुन नसक्नु । खेलाडी हङकङबाट नेपाल फर्किदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव अमेरीकामा थिए र उनि नेपाल आएपनि क्रिकेट पदाधिकारीले यो विषयमा जानकारी नगराएको उनको भनाई छ ।

14516512_10157522045155414_688121440106318266_n

नोवेम्बर २६ तारिख देखि हुने एशिया कप महिला क्रिकेट आउन अब एक महिना मात्र बाकि छ । ठुलो प्रतियोगितामा राम्रो गर्ने हो अहिले देखि नै प्रशिक्षण सुरु गरेर खेलाडीलाई जति सक्दो धरै म्याच एक्सपोजर आवश्यक छ । खेलाडीलाई प्रशिक्षणमा राख्दा कम्तिमा पनि १५ लाख रुपैया आवश्यक पर्छ । यो रकम कहिले आउला र प्रशिक्षण सुरु गरौला भनेर महिला क्रिकेट खेलाडी देखि प्रशिक्षक आशावादी छन ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top