समाचार

एशिया कपमा स्थान बनाएका महिला क्रिकेट खेलाडीलाई सरकारले जनही २५ हजार दिने

हङकङ्गमा सम्पन्न आईसीसी महिला विश्वकप छनोटको एशिया रिजनमा दोश्रो स्थान हात पार्दै एशिया कपको लागि छनोट हुन सफल नेपाली महिला क्रिकेट टोलीलाई मन्त्रालयले प्रोत्साहनस्वरुप जनही २५ हजार प्रदान गर्ने भएको छ ।

बुधबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले आईसीसी महिला विश्वकप क्वालिफायर क्रिकेटमा दोश्रो स्थानमा रहंदै महिला एशिया कपको लागि छनोट हुन सफल खेलाडीहरुलाईलाई प्रोत्साहन स्वरुप सम्मान गर्दै मन्त्रालयको तर्फबाट खेलाडीलाई जनही नगद २५ हजार प्रदान गर्ने घोषणा गरे ।

unnamed-1

उनले परिषदबाट निर्णय गरे पश्चात खेलाडीहरुलाई पुनः नगद राशी सहित सम्मान गर्ने भन्दै पहिलो चरणमा यो खेलाडीहरुको लागि प्रोत्साहन सम्मान भएको बताए । उनले खेलाडीहरुलाई बधाई दिंदै एशियन क्रिकेट च्याम्पियनसिपमा समेत नेपाली चेलीहरुले विजय प्राप्त गर्नेमा आफु विश्वस्त भएको बताए । उनले खेलाडीहरुको जीवन विमा र स्वास्थ्य विमाको व्यवस्था समेत गर्नु पर्ने बताए ।

unnamed

उक्त अवसरमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले नेपाली खेलकुदमा महिला खेलाडीहरुको उचाई बढ्दै गएकोमा आफुलाई निकै खुशी महसुस भएको भन्दै विजयी खेलाडीहरुलाई परिषदको तर्फबाट सम्मानित नगद पुरस्कारसहित सम्मान गर्न आफुले पहल गर्ने बताए ।

विजयी खेलाडीहरुको तर्फबाट बोल्दै नेपाली क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले खेलाडीहरुको मनोवल उकास्न मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद सवै तर्फबाट सहयोग र प्रोत्साहन हुनु पर्ने बताईन् ।
नेपाली टोलीका प्रशिक्षक राजु बस्नेतले छोटो समयमा खेलाडी छनोट लगायत सम्पूर्ण व्यवस्थापन गर्नुपर्नाका वावजुद खेलाडीहरुले प्राप्त गरेको नतिजा प्रति आफु सन्तुष्ट रहेको भन्दै नेपाली खेलाडीहरुमा क्षमतामा कमी नभएता पनि खेलाडीहरुलाई एक्सपोजरको कमीका कारण आत्मविश्वासमा कमी भएको बताए ।

Most Popular

To Top