विश्वकप छनोटको एशिया रिजन खेल्न जाने महिला खेलाडीलाई नत ड्रेस नत भत्ता

आइसीसी महिला बिश्वकप छनौट , एशीया क्षेत्रका लागि यहि असोज २३ गते बाट हङकङमा छनौट खेल सुरु हुदैछ । यो प्रतियोगिता कति महत्वपुर्ण छ यसको नाम बाटनै प्रष्ट हुन्छ । यहि छनौट खेलका लागि नेपालले एक महिना देखी तयारी गरिरहेको छ ।

४८ जना खेलाडी बाट सुरु भएको बन्द प्रशिक्षणबाट टिम तयार भएर हङकङ प्रस्थान गर्दैछ । तर नेपालमा महिला क्रिकेटको विकाशमा ध्यानै नपुगेको भन्ने आभाष प्रशिक्षण देखि उनीहरुले पाउने भत्ताले प्रष्ट हुन्छ ।

समयमा नै पोशाक नआएकाले फरक फरक लुगा लगाएको उनीहरुको भनाइ छ । प्रतियोगिता खेल्न जानु एकदिन अघि सम्म पनि पोशाक किन नआएको भन्ने जवाफमा आइसीसीकी स्थानिय प्रतिनिधी भावना घिमिरेले भोलीका लागि तय भएको बिदाइ कार्यक्रम आजै भएकाले यस्तो समस्या भएको बताइन् । खेलाडीका लागि यात्रा गर्दा लगाउने पोशाक आइसकेको उनको भनाइ छ । यो बीचमा खेलाडलिे आइसीसी बाट पाउनु पर्ने भत्ता पनि पाएका छन । यस विषयमा घिमिरेले आइसीसी बाट बैङकमा पैसा अँइसकेको प्रतिकृया दिइन् । नेपाल क्रिकेट संघ निलम्बनमा रहेको र आइसीसीको प्राथमिकता नेपाल मात्र नभएकाले सबै कुरा समयमा नै सोचे जस्तो नहुने उनको भनाइ छ ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको टोलीलाइ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिस्टले खेलाडीलाइ पकेट खर्च भनेर परिषदले प्रतिदिन २० डलर भत्ता दिने पनि जानकारी गरँए । नेपालको लक्ष्य भनेको बिश्वकपका लागि छनौट हुनु नै हो । यसपटक टिममा तीन जना खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन । उनीहरुले यो प्रतियोगितालाइ क्षमता प्रदर्शन गर्ने अवसरका रुपमा लिएका छन ।

असोज २९ गते सम्म हुने खेलमा नेपाल सहित हङकङ, चीन र थाइल्याण्ड छन । खेल डवल राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ । नेपालले पहिलो खेल २३ गते हङकङ संग खेल्नेछ । लिगको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।

Comments:

comments

Latest News