समाचार

टु टेन क्रिकेट यूएसए कपमा नेपाली राइनोज क्रिकेट क्लवले लगातार दोस्रो जित

1

अमेरीकाको टेक्सासमा जारी टु टेन क्रिकेट यूएसए कपमा नेपाली राइनोज क्रिकेट क्लवले लगातार दोस्रो जित निकालेको छ । आज विहान भएको खेलमा नेपाली राइनोजले युएइ फाल्कोन्सलाई पाच विकेटले हरायो ।

2

मोउसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारीत २० ओभरमा एक सय ३७ रन बनाएको थियो । युएइका एक खेलाडीले मात्र दोहोरो अंक छुदा बाकि खेलाडी सस्तैमा पेभेलियन फर्किए । नेपाली टिमका लागि कप्तान पारस खड्काले तीन तथा सोमपाल कामिले दुई विकेट लिए । जवाफमा नेपाली राइनोजले सात बल बाकि हुदा पाच विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

3

नेपाली राइनोजको जीतमा सुवास खकुरेलले ३७, पारस खड्काले ३३ रनको योगदान गरे । यस्तै ज्ञानेन्द्र मल्लले २७ रनको योगदान गरे । प्रतियोगिताको पहिलो दिनको खेलमा नेपाली राइनोजले एमएसएम टिमलाई सात विकेटले हराएको थियो ।

4

नेपाली राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको टिममा पुर्व खेलाडी समेत समावेश गरिएको छ । यो प्रतियोगिताका लागि नेपालबाट कप्तान पारस खड्का सहित ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, पृथु बास्कोटा, सुवास खकुरेल, सिद्धान्त लोहनी अमेरीका गएका थिए ।

5

6

7

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top