एसिया कप महिला क्रिकेट प्रतियोगीताअन्तर्गत नेपालले श्रीलंका विरुद्ध मात्र २४ रनको लक्ष्य, सात खेलाडीले खाता खोल्न सकेनन

एसिया कप महिला क्रिकेट प्रतियोगीताअन्तर्गत नेपालले श्रीलंका विरुद्ध मात्र २४ रनको लक्ष्य दिएको छ । सुरुवात देखि धरमराएको नेपाली ब्याटिङ लाइन अपमा एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । सात खेलाडीले खाता खोल्न सकेनन ।

थाइल्याण्डमा जारी खेलमा टस हारेको नेपालले पछिलो तीन ओभरमा १२ रन जोडेपनि त्यसपछि भने पुरै ब्याटिङ ध्वस्त भयो जसका कारण १६ ओभर दुई बलमा नेपाल मात्र २३ रनमा अलआउट भयो । नेपालले १२ रन हुदा पहिलो विकेट गुमाउन पुग्यो । ओपनर सिता रानामगर चार रनमा पेभेलियन फर्किइन । त्यसपछि क्रिजमा आएकी काजोल श्रेष्ठले १२ बल खेल्दा खाता खोल्न सकिनन र आउट भएपछि नेपालले १९ रनमा दोस्रो विकेट गुमायो । त्यस लगत्तै नेरी थापा पनि स्कोर गर्न नपाउदै आउट भइन । जसका कारण नेपालले १९ रनमा नै तेस्रो विकेट खेर फाल्यो । त्यसपछि इन्दु बर्मापनि एक मिनेट क्रिजमा टिक्न नपाउदै आउट भएपछि नेपालले २१ रनमा चौथो विकेट गुमायो ।

नेपालको स्कोर २१ रन हुदा ओपनर ज्वती पाण्डे १६ रनमा आउट भएपछि नेपालले पाचौ विकेट गुमायो । नेपाली ब्याटिङमा दोहोरो अंक छुने ज्वती एक्लो खेलाडी बनिन । त्यसको लगत्तै नेपाली टिमकी कप्तान रुविना क्षेत्रीपनि ब्यक्तिगत एक रनमा आउट भएपछि नेपालले २२ रनमा छैटौ विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको नेपालको स्कोर २२ रन हुदा सातौ विकेट झर्यो । यसपटक ब्याटिङमा आएकी रश्मी शर्मा पनि खाता खोल्न नपाउदै आउट भइन । त्यसको लगत्तै करुणा भण्डारी पनि शुन्य रनमा नै आउट भएपछि नेपालले २२ रनमा नै आठ विकेट गुमायो । त्यसपछि थप एक रन जोडदा नेपालले नबौ विकेट खेरफाल्यो । सरिता मगरले पनि खाता खोल्न नपाउदै एलबीडब्लु धरापमा परिन । जसका कारण नेपालले २३ रनमा नौ विकेट गुमायो भने फेरी पनि २३ रनमा नै दशौ विकेट गुमाउदै अलआउट भयो । नेपालका सात खेलाडीले खाता खोल्न सकेनन भने तीन खेलाडीमात्र अंक जोडे ।

Comments:

comments

Latest News