एसिसी महिला एसिया कप क्रीकेटमा नेपालको पहिलो बिपक्षी पाकिस्तान

थाइल्याण्डमा मंसीर एघार गते देखी सुरु हुने एसीसी महिला एशीया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान प्रतिद्धन्दी पाएको छ ।

एशीयाली क्रिकेट परिषदले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले मङ्सिर एघार टेस्ट खेल्ने राष्ट्र पाकिस्तान विरुद्धको खेल संगै एशीया कपको याधा सुरु गर्नेछ । दोस्रो खेल १३ गते श्रीलङका संग खेल्नेछ भने तेस्रो खेलमा १४ गते बंगलादेशको सामना गर्नेछ । १६ गते थाइल्याण्ड र अन्तिम खेलमा १७ गते भारत संग प्रतिस्पर्धा गर्नेछ ।

ट्वान्टी ट्वान्टी फरम्याटमा हुने खेलको फाइनल १९ गते हुनेछ । नेपालले हङकङमा भएको आइसीसी बिश्वकप छनौट एशीया क्षेत्रको खेलमा उपविजेता हुदै एशीया कपका लागि स्थान बनाएको हो । नेपालले सिनियर स्तरमा आठ वर्षपछि यो सफलता हात पारेको हो । नेपालले एशीया कपमा दोस्रो पटक सहभागीता जनाउदैछ । यसअघि नेपालले सन २०१२ मा चीनमा भएको एशयिा कप खेलेको थियो ।

टेस्ट मान्यता प्राप्त राष्ट्रहरु संग प्रतिस्पर्धा गर्नुपरे भएपनि एशीयापका लागि नेपालको तयारी अहिले सम्म सुरु भएको छैन् । तिहार लगत्तै बन्द प्रशिक्षण सुरु गर्ने भनिएपछि अहिले सम्म कसैले चासो नदिदा खेलाडी अलमलमा परेका छन । महिला टिमका प्रशिक्षक राजु बस्न्यातले बन्द प्रशिक्षणका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद, राष्ट्रिय खेलकुद परिषद कसैले पनि अहिले सम्म पहल नगरेको जानकारी दिए ।

उनले भोली देखी आफ्नै सक्रियतामा काठमाडौंमा उपलब्ध खेलाडीलाइ बोलाएर अभ्यास सुरु गर्ने पनि बताएका छन । नेपाल क्रिकेट संघ निलम्बनमना परेपछि नेपालले खेल्ने अन्तराष्ट्रिय प्रतियोगिताको जिम्मा आइसीसी आफैले हेर्दै आएको छ । तर आइसीसीले पनि समयमानै रकम उपलब्ध नगराउदा खेलाडीको बन्द प्रशिक्षण अन्यौलमा परेको छ ।

Comments:

comments

About the author

News Staff

Latest News