समाचार

एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगिता अघिको अभ्यास खेलमा नेपाल थाइल्याण्डसंग पराजित

2

एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगिता अघि भएको अभ्यास खेलमा नेपाली महिला टिम थाइल्याण्डसंग १९ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड टिमले निर्धारीत २० ओभरमा सात विकेट गुमाउदै ८२ रन बनाएको थियो । उसका लागि चनिदा सुतिरुङले अविजीत ३५ रन बनाइन भने नताकन चन्थमले दश रन बनाइन । बाकि खेलाडी सस्तैमा पेभेलियन फर्किए । बलिङ तर्फ नेपालका लागि सरस्वती चौधरी, सिता रानामगर र करुणा भण्डारीले दुई दुई विकेट लिए ।

1

जवाफमा नेपाल १९ ओभर एक बलमा ६३ रनमा अलआउट भयो । नेपालका नेरी थापाले १७ रन बनाउदा बाकि खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किए । एसीसी महिला एशिया कपमा नेपालले शनिबार पाकिस्तान विरुद्ध खेल्नेछ ।

0

Most Popular

To Top