समाचार

महिला एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले भोली पाकिस्तानसंग खेल्दै, तीन जना स्पिनर उतार्ने तयारी

img_3101

एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले भोली टेष्ट मान्यता टिम पाकिस्तानसंग खेल्दैछ । करीव दुई साताको प्रशिक्षण पछि थाइल्याण्ड पुगेको नेपाली टिमका प्रशिक्षक राजु बस्नेतले पाकिस्तान बलियो टिम भएपनि नेपालले राम्रो दावेदारीता प्रस्तुत गर्ने बताएका छन ।

प्रतियोगिता भन्दा दुई दिन अगाडी थाइल्याण्ड पुगेको नेपाली टिमले अभ्यास खेलमा घरेलु टिमसम्म हार ब्यहोरेपछि नेपालको तयारीमा केहि कमि भएको झल्किएको छ । थाइल्याण्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउसो पौने एक बजे सुरु हुनेछ । नेपाल र पाकिस्तान तेस्रो पटक एक अर्का विरुद्ध खेल्न लागेका हुन ।
img_3149

सन् २०११ मा कुवेतमा भएको एसीसी महिला च्याम्पियनसिप खेल्न जानुअघि नेपाली महिला टिमले अभ्यासका क्रममा पाकिस्तान टिमसंग लाहोरमा खेलेको थियो । जसमा नेपाली टिम दुई खेलमा पराजित भएको थियो । एशियाली महिला क्रिकेट टिममा बलियो टिमका रुपमा रहेको पाकिस्तानको बलिङ र ब्याटिङ नेपालको भन्दा माथि रहेको तर थाइल्याण्डमा भएको अभ्यास खेलले फाइदा दिएको र पाकिस्तान विरुद्ध राम्रो चुनौती दिने प्रशिक्षक राजु बस्न्यातको भनँई छ । साथै उनले विकेटको कन्डिसन हेरेर टिम बनाउने र स्पिनरको काधमा बढि जिम्मेवारी हुने बताए ।
img_3230
भोलीको खेलमा संगिता राई, सोभा आले र रोशनी बोहराको खेल्ने सम्भावना कम भएको प्रशिक्षकको भनँई छ । साथै पाकिस्तान विरुद्ध खेलीने मैदानको पिच स्लो भएकाले तीन जना स्पिनर उतार्ने तयारी प्रशिक्षकले गरेका छन । यसका साथै टेष्ट मान्यता राष्ट्रलाई हराउने लक्ष्य राखेको नेपाली टिममा खेलाडीको इन्जुरी भने नरहेको प्रशिक्षकको भनाई छ ।

img_3170

Latest News

To Top