एसीसी महिला एशिया कप क्रिकेटमा टेष्ट मान्यता टिमलाई हराउछौ –राजु बस्न्यात

मात्र दुई साताको प्रशिक्षण पाएको नेपाली टिमले थाइल्याण्डमा हुने एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । तयारीसमय छोटो भएपनि खेलाडीले राम्रो प्रदर्शन गर्ने प्रशिक्षक र कप्तानले दावी गरेका छन ।

हङकङमा भएको आइसीसी महिला विश्वकप छनोटका एशिया रिजनमा दोस्रो भइ एशिया कपमा स्थान बनाएको नेपाली महिला टिमको तयारी तिहार लगत्तै हुने बताएपनि कसले तयारीको जिम्मेवारी लिने भन्ने विषयमा अन्योलता भएपछि १२ दिन अगाडी मात्र महिला टिमले प्रशिक्षण सुरु गरेको थियो । पाच पटकको च्याम्पियन भारतसंगै पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्याण्ड सम्मिलित प्रतियोगिताका लागि नेपाली खेलाडीले राम्रो म्याच एक्पोजन पाउन भने सकेनन ।

यतिमात्र होइन टिमको प्रशिक्षक को हुने भन्नेमा पनि अन्योल रहेका बेला अन्तिम समयमा राजु बस्न्यातलाई नै यसको जिम्मेवारी दिइएको छ । आइसीसीका प्रतिनिधी बन्दुला वर्नपुरा नेपाल आएर प्रशिक्षकको टुङगो लगाएका हुन । प्रतियोगिताका लागि नेपाली टिम बुधबार थाइल्याण्ड प्रस्थान गर्नेछ । दुई साताका प्रशिक्षणमा सुरुका चार दिन नेटमा अभ्यास गरे भने बाकि दिन अभ्यास खेल खेलेका थिए । टिमका प्रशिक्ष्ँक र कप्तानले सोचेको जस्तो प्रशिक्षण नभएपनि टिम राम्रो लयमा रहेको प्रतिक्रिया दिए ।

१५ सदस्यिय टिममा यसपटक दुई वटा नया खेलाडीले प्रवेश पाएका छन । भरपद्री खेलाडी निर्मला शाहि चोटका कारण खेल्न नसक्ने भएपनि उनको स्थानमा संगिता लामा लाई टिममा राखिएको छ । बलिया प्रतिद्धन्द्धी भएकाले त्यहि अनुसारको तयारी हुनुपर्नेमा त्यो भने हुन सकेन । यस प्रतियोगितामा सहभागि टिममा नेपाल सबैभन्दा कमजोर टिमका रुपमा हेरिएको छ । किनकी चार वटा टेष्ट मान्यता टिम हुन भने नेपालले थाइल्याण्डलाई पछिल्लो आठ बर्ष देखि हराउन सकेको छैन । त्यसैले पनि नेपाली टिममा जीत निकाल्ने निकै चुनौती रहेको छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसंग खेल्नेछ भने दोस्रो प्रतिद्धन्द्धी श्रीलंका रहेको छ । यस्तै तेस्रो खेलमा नेपालले बंगलादेशसंग खेल्नेछ भने अन्तिम खेलमा थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका शिर्ष दुई टिमले फाइनल खेल्नेछन ।

Comments:

comments

Latest News