समाचार

एसीसी महिला एशिया कप क्रिकेट, बंगलादेशले नेपाललाई एक सय ३४ रनको लक्ष्य

एसीसी महिला एशिया कप क्रिकेट अन्तर्गत बंगलादेशले नेपाललाई एक सय ३४ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको एशियन इन्सिच्युड अफ टेक्नोलोजी मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारीत २० ओभरमा चार विकेट गुमाउदै एक सय ३३ रन बनायो । उत्कृष्ट सुरुवात गरेको छ । नेपालको बलिङलाई कमजोर पार्ने क्रममा ओपनरद्धय सञ्जिदा इस्लाम र निघार सुल्तानाले पहिलो विकेटका लागि ७१ रनको साझेधारी गर्न सफल भए । नेपाली छ जना बलरलाई विफल बनाउने क्रममा सञ्जिदाले ३५ रन बनाइन ।

score

उनलाई संगिता राईले पेभेलियनको बाटो देखाइन । त्यसपछि बंगलादेशको स्कोर ७९ रन हुदा नेपालले दोस्रो विकेट लिन सफल भयो । आयशा रहमानालाई सिता रानामगरले ब्यक्तिगत चार रनमा आउट गरिन । बंगलादेशले एक सय तीन रन हुदा निघार सुल्तानालाई ब्यक्तिगत ३९ रनमा गुमाएपछि तेस्रो विकेट खेर फाल्यो । यसपटक नेपालका लागि रुविना क्षेत्रीले विकेट लिइन । बंगलादेशले थप पाच रन जोडदा नेपालले चौथो विकेट लिन सफल भयो । यसपटक पनि संगिता राईले नेपाललाई सफलता दिलाइन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top