Nepal Mens

ब्यवसायीक बाटोमा अमृत

नेपाली राष्ट्रिय टिममा कुनै बेला तेज बलरका रुपमा आफनो पहिचान बनाएको अमृत भट्टराईले खेलाडी जीवनबाट टाढा रहेर ब्यवसायको बाटो सम्हालेका छन । उमेर समुह हुदै राष्ट्रिय टिममा स्थान बनाएका अमृत चोटका कारण टिममा नपरेपछि अष्ट्रेलिया प्रस्थान गरेका थिए ।

1

करीव डेढ बर्ष अगाडी अष्ट्रेलिया गएका अमृतले उतै रचना भुसालसंग बैबाहिक जीवनमा बाधिएका थिए । त्यसपछि लगातार अष्ट्रेलियामा बस्दै आएका अमृतले पछिल्लो पटक आफनो करियरलाई परिवर्तन गरेका छन । अष्ट्रेलियाको पर्थमा उनले यसै महिना देखि मिती डिपार्टमेन्टल स्टोर खोलेका छन । करीव दुई लाख अष्ट्रेलियन डलरको लगानीमा अमृतले आफन्तसंग मिलेर सो स्टोर खोलेका हुन ।

2

२०१५ को जनवरीमा नामिवियामा भएको डिभिजन टु मा अन्तिम पटक टिममा परेका अमृतलाई घुडाको चोटले सताएपछि सल्यकृयापनि गरिएको थियो । आइसीसी ट्वान्टी ट्वान्टी विश्वकपको टिममा समेत रहेका अमृतको घुडाको चोट सामान्य हुन समय लाग्ने भएपछि उनले समयको सदुपयोगका लागि अष्ट्रेलिया पुगेका थिए । चोट निको हुदै गएपनि अष्ट्रेलियाको क्लव क्रिकेट खेल्ने क्रममा पुन घाइते भएपछि एक महिना अगाडी नेपाल आएर सल्यक्रिया गरेका थिए । सो सल्यक्रिया सफल भएपछि पुन अमृत अष्ट्रेलिया फर्किए ।

3

सन् २००५ मा १५ बर्ष मुनिको राष्ट्रिय प्रतियोगिता खेलेका अमृत त्यसपछि अन्डर नाइन्टिन हुदै २००६ मा नेपालमा भएको तीन दिवसिय एसीसी ट्रफिमा हङकङ विरुद्धको खेलमा सिनियर टिममा डेब्यु गरेका थिए । भैरहवामा जन्मे हुर्केका अमृतले २०१२को डिभिजन चारमा नेपाल विजयी हुदा सिंगापुर विरुद्ध चार विकेट लिएका थिए । यसका साथै नेपाल २००६ मा अन्डर नाइन्टिनको प्लेट च्याम्पियन हुदा टिमका सदस्य रहेका थिए । क्रिकेटपछि ब्यवसायीक बाटो समातेका अमृतलाई हाम्रो तर्पmबाट पनि शुभकामना ।
4

Most Popular

To Top