International

अष्ट्रेलिया विरुद्धको पहिलो टेष्टमा दक्षिण अफ्रिका विजयी ।

अष्ट्रेलिया विरुद्धको पहिलो टेष्टमा दक्षिण अफ्रिका एक सय ७७ रनले विजयी भएको छ । जीतसंगै दक्षिण अफ्रिकाले तीन टेष्टको श्रीखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

पर्थमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो पारीमा दुई सय ४२ रन बनाएको थियो । पहिलो पारिमा उसका लागि क्वेन डी ककले ८४ तथा टेम्बा बाभुमा ले ५१ रन बनाए । बलिङ तर्पm अष्ट्रेलियाका लागि पहिलो पारीमा मिचेल स्टार्कले चार तथा जोस हेजलहुडले तीन विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले पहिलो पारीमा दुई सय ४४ रन बनायो । उसका लागि ओपनर डेविड वार्नरले ९७ तथा सन मार्सले ६३ रन जोडे । पहिलो पारीमा दुई रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पारीमा पाच सय ४० रन बनाउदै अष्ट्रेलियालाई पाच सय ३९ रनको लक्ष्य दियो ।

width=”900″]

दोस्रो पारीमा दक्षिण अफ्रिकाका लागि दुई जना खेलाडीले सतक प्रहार गरे । जसमा जेपी डुमिनीले एक सय ४१ र डियन एल्गरले एक सय २७ रन जोडे । यस्तै भेरनोन फिलान्डेरले ७३ रन बनाए ।

6

ठुलो लक्ष्य पक्ष्याएको अष्ट्रेलिया दोस्रो पारिमा एक सय १९ दशमलव एक ओभरमा अलआउट हुदै तीन सय ६१ रनमात्र बनाउन सक्यो । उसका लागि उस्मान ख्वाजाले ९७ रन बनाएपनि बाकि खेलाडी विच खासै राम्रो साझेदारी हुन सकेन । दक्षिण अफ्रिकाका लागि दोस्रो पारिमा कागिसो राबाडाले पाच विकेट लिए ।

Most Popular

To Top