समाचार

क्रिकेटर बसन्त रेग्मी र सिद्धान्त लोहनीलाई अमेरीकी कम्पनीको प्रायोजन

basant regmi

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य बसन्त रेग्मी र सिद्धान्त लोहनीलाई अमेरीकामा रहेको आदी स्पोर्टस अमेरीकाले प्रायोजन गरेको छ । बसन्तलाई तीन बर्ष र सिद्धान्तलाई पाच बर्षको प्रायोजन सम्झौता गरेको हो ।

अमेरीकाको मेरिल्याण्डमा भएको कार्यक्रममा आदी स्पोर्टसले नेपाली क्रिकेट खेलाडीलाई तीन बर्षसम्म क्रिकेट सामाग्री उपलब्ध गराउने सम्झौता गरेको हो भने युवा खेलाडी सिद्धान्त लोहनीलाई पाच बर्षको गरेको हो । टेक्सासमा रहेको नेपाली राइनोज क्रिकेट क्लवको पहलमा आशिक लामा र उत्सव सिग्देलको सहकार्यमा बसन्त र सिद्धान्तले सो प्रायोजन पाएका हुन ।

sidhand

प्रायोजनको सम्झौता पत्रमा एएसका तर्फबाट आदि भट्टी र बसन्त र सिद्धान्तले हस्ताक्षर गरेका थिए । हाल डालासमा हुने टु टेन क्रिकेट अमेरीका कप खेल्न अमेरीकामा रहेका बसन्त र सिद्धान्तले यस्तो प्रायोजनले हौसला बढाउने प्रतिक्रिया दिए । खेलाडीलाई सो प्रतियोगिताका लागि ब्याट प्रदान गरेपनि नेपाल आएपछि पुरै खेल सामाग्रि पठाउन प्रायोजकले जानकारी दिए ।

अब बसन्त र सिद्धान्तले अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा आदी स्पोर्टको खेल सामाग्रि प्रयोग गर्नेछन । यसका साथै केहि दिनमा उपकप्तान ज्ञानेन्द्र मल्ल र सोमपाल कामीलाई पनि प्रायोजक खोज्ने काम भइरहेको उत्सव सिग्देलले जानकारी गराए ।

Latest News

To Top