International समाचार

इग्ल्याण्ड विरुद्धको तेस्रो टेष्ट क्रिकेटमा भारत आठ विकेटले विजयी, श्रीखंलामा दुई शुन्यको अग्रता

इग्ल्याण्ड विरुद्धको तेस्रो टेष्ट क्रिकेटमा भारत आठ विकेटले विजयी भएको छ । जीतसंगै भारतले पाच खेलको श्रीखंलामा दुई शुन्यको अग्रता बनाएको छ ।

मोहाली स्थित पञ्जाव क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको इग्ल्याण्डले पहिलो पारीमा दुई सय ८३ रन बनाएको थियो । उसका लागि जोनी र्बैस्तोले ८९ रन बनाए । जवाफमा भारतले पहिलो पारिमा चार सय १७ रन बनाउदै एक सय ३४ रनको अग्रता बनायो । भारतका लागि अफ स्पिनर रविन्द्र जडेजाले ९० तथा अर्का स्पिनर रविचन्द्रन आश्विनले ७२ रनको पारी खेले ।

त्यसपछि दोस्रो पारि सुरु गरेको इग्ल्याण्ड मात्र दुई सय ३६ रनमा अलआउट हुनपुग्यो । दोस्रो पारीमा इग्ल्याण्डका जोय रुटले ७८ रन बनाउदा हसीव हामेदले ५९ रन बनाए । जसका कारण भारतले मात्र एक सय तीन रनको लक्ष्य पाएको थियो । जसलाई भारतले चौथो दिनमा नै समाप्त गर्न सफल भयो । भारतको जीत दोस्रो पारीमा आठ बर्षपछि टेष्ट टिममा फर्केका पार्थिव पटेलले ६७ रन बनाए ।

Comments:

comments

About the author

News Staff

Latest News