क्यान सल्लाहकार समितिको संयोजकमा विनयराज पाण्डे र वसन्त चौधरी नियुक्त

नेपाली क्रिकेटको विवाद समाधानकालागि दुई महिना अगाडी गठन भएको सल्लाहकार समितीले बल्ल काम गर्ने रोडम्याप पाएको छ । कुल छ सदस्यीय सल्लाहकार समितीको संयोजनको जिम्मेवारी आइसीसीले विनयराज पाण्डे र बसन्त चौधरीलाई दिएको छ ।

सल्लाहकार समिती गठन भएको दुई महिना पछि अमर सेखको नेतृत्वमा नेपाल आएको आइसीसी प्रतिनिधीले सल्लाहकार समितीसंग सोल्टी होटेलमा करीव तीन घण्टा लामो छलफल पछि आगामी रोडम्यापका बारेमा ठोस निर्णय गरेको हो । जसमा संयोजकमा क्यानका पुर्व अध्यक्ष विनयराज पाण्डे र उध्योगपती बसन्त चौधरीलाई तोकेको छ । यस्तै सो बैठकले सचिवमा पुर्व कप्तान पवन अग्रवाल र प्रवक्तामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहाललाई तोकेको छ ।

बैठकले विनयपाण्डेलाई क्रिकेटसम्बन्धी पाटो हेर्ने र कानुनी र सरकारसंगको समन्वयका लागि बसन्त चौधरीलाई जिम्मेवारी दिएको छ । पाण्डेले क्रिकेट खेलाडी देखि प्रशिक्षक लगायतका अन्य विषय जसले क्रिकेटलाई सक्रिय बनाइराख्न कसरी सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने हुन्छ । बैठकमा सहभागि पवन अग्रवालले यसका साथै क्रिकेटको हितका विषयमा दुई तीन वटा मोडलका विषयमा छलफल भएको तर कानुनी रुपमा कुन ठिक हुन्छ भन्ने एकिन हुन नसकेको बताए । यसका लागि आगामी दिनमा पुन छलफल गरिने बताए ।

साथै संयोजक मध्येका एक विनय राज पाण्डेले क्यानको विधान संसोधन गरेर अगाडी जाने की पुरानै विधानलाई कार्यान्वयन गर्ने भन्ने विषयको टुङगो लगाउन अर्को साता सल्लाहकार समितीको बैठक बस्ने बताए । आइसीसीले सल्लाहकार समिती गठन गरेपनि यसको कार्यक्षेत्र के हुने भन्ने अन्योल कायम राख्दा दुई महिना अलमलमा परेको थियो । गत असोजमा आईसीसीको टोलीले निर्वाचित चतुरबहादुर चन्द नेतृत्वको पक्षलाई बाहिर राख्दै सरोकारवाला निकायलाई समावेश गरेर छ सदस्यीय सल्लाहकार कमिटी गठन गरेको थियो ।

Comments:

comments

Latest News