इग्ल्याण्ड विरुद्धको दोस्रो टेष्टमा भारत दुई सय ४६ रनले विजयी, पाच खेलको श्रीखंलामा एक शुन्यको अग्रता

इग्ल्याण्ड विरुद्धको दोस्रो टेष्टमा भारत दुई सय ४६ रनले विजयी भएको छ । जीतसंगै भारतले पाच खेलको श्रीखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

भिसाखापट्नममा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले पहिलो पारीमा चार सय ५५ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले एक सय ६७ तथा चेतेश्वर पुजाराले एक सय १९ रनको योगदान गरे ।

यस्तै रविचन्द्रन आश्विनले ५८ रन जोडे । जवाफमा इग्ल्याण्ड पहिलो पारीमा मात्र दुई सय ५५ रनमा अलआउट भयो । इग्ल्याण्डकालागि बेन स्टोकले ७० तथा जोय रुटले ५३ रन बनाउदा बाकि खेलाडी सस्तैमा पेभेलियन फर्किए । इग्ल्याण्डलाई कम स्कोरमा रोक्न भारतका रविचन्द्रन आश्विनले पाच विकेट लिए ।

पहिलो पारीमा दुई सय रनको अग्रता बनाएको भारतले दोस्रो पारिमा थप दुई सय चार रन बनाउदै अलआउट भयो । भारतका लागि विराट कोहलीले पुन कप्तानी पारि खेले । उनले ८१ रन बनाउदा बाकि खेलाडीले भने खासै राम्रो योगदान गर्न सकेनन । चार सय पाच रनको लक्ष्य पक्ष्याएको इग्ल्याण्ड मात्र एक सय ५८ रनमा अलआउट भयो । पाचौ दिनको पहिलो सेसनमा नै इग्ल्याण्ड अलआउट भएपछि भारतले जीत निकाल्यो । यी दुई टिम विचको पहिलो टेष्ट बराबरीमा सकिएको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News