Nepal Cricket

पारस खड्काको कप्तानीमा रहेको नेप्लीज राइनोज टिम च्यारीटी खेलमा पराजित

अमेरिकामा भएको च्यारिटी क्रिकेटमा नेपाली राष्ट्रिय खेलाडी सम्मिलित टिम नेप्लीज राइनोज पञ्जाव लाइन्ससँग १८ रनले पराजित भएको छ ।

२० ओभरमा १ सय ७९ रनको लक्ष्य पाएको गोर्खाली राइनोजले ८ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । नेपालका पारस खड्काले ६७, सुवास खकुरेलले ५५ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।
पहिले ब्याटिङ गरेको पञ्जाव लाइन्सले ५ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । नेपाली सोसाइटी फर टेक्सस अमेरिकाको आयोजनामा च्यारिटी क्रिकेट आयोजना गरिएको हो । टु एक्स क्रिकेट युएस कप खेल्न राष्ट्रिय टिमका ८ जना खेलाडी अमेरिका पुगेका हुन् ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रग्मी, शरद भेषावकर, पृथु बास्कोटा, सुवास खकुरेल, सोमपाल कामी, सिद्धान्त लोहनीले नेपाली राइनोज क्रिकेट क्लबबाट खेल्नेछन् । राइनोजमा बाँकी खेलाडी अमेरिका बस्दै आएका नेपाली खेलाडी रहनेछन् । खेल नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुनेछ । त्यसभन्दा पहिले च्यारिटी खेल हो ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूह एमा राइनोजसहि एमएसमएम इङ्ल्यान्ड, युएइ फाल्कोन्स र एनजी समरसेट छन् । त्यस्तै पाकिस्तान फस्ट क्रिकेट क्लब, स्मार्ट च्वाइस, अन्डरडग्स र हस्टन स्पार्क समूह बीमा छन् ।

panjab

panjab1

nepal

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top