एसीसी महिला एशिया कप क्रिकेटमा नेपालको लगातार दोस्रो हार, श्रीलंकासंग आठ विकेटले पराजित, जस्तो तयारी त्यहि अनुसारको प्रदर्शन ।

एसिया कप महिला क्रिकेट प्रतियोगीताअन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा लज्जास्पद हार ब्यहोर्ने क्रममा नेपाल श्रीलंकासंग आठ विकेटले पराजित भयो । सुरुवात देखि धरमराएको नेपाली ब्याटिङ लाइन अपमा एक खेलाडीले मात्र दोहोरो अंक छुन सके भने सात खेलाडीले खाता खोल्न सकेनन ।

यो पनि पढ्नुहोस : 23 all out: Nepal Women crumble to lowest total in T20

थाइल्याण्डमा जारी खेलमा टस हारेको नेपालले पछिलो तीन ओभरमा १२ रन जोडेपछि त्यसपछि भने पुरै ब्याटिङ ध्वस्त भयो जसका कारण १६ ओभर दुई बलमा नेपाल मात्र २३ रनमा अलआउट भयो । नेपालले १२ रन हुदा पहिलो विकेट गुमाउन पुग्यो । ओपनर सिता रानामगर चार रनमा पेभेलियन फर्किइन । त्यसपछि क्रिजमा आएकी काजोल श्रेष्ठले १२ बल खेल्दा खाता खोल्न सकिनन र आउट भएपछि नेपालले १९ रनमा दोस्रो विकेट गुमायो । त्यस लगत्तै नेरी थापा पनि स्कोर गर्न नपाउदै आउट भइन ।

जसका कारण नेपालले १९ रनमा नै तेस्रो विकेट खेर फाल्यो । त्यसपछि इन्दु बर्मापनि एक मिनेट क्रिजमा टिक्न नपाउदै आउट भएपछि नेपालले २१ रनमा चौथो विकेट गुमायो । नेपालको स्कोर २१ रन हुदा ओपनर ज्वती पाण्डे १६ रनमा आउट भएपछि नेपालले पाचौ विकेट गुमायो ।

नेपाली ब्याटिङमा दोहोरो अंक छुने ज्वती एक्लो खेलाडी बनिन । त्यसको लगत्तै नेपाली टिमकी कप्तान रुविना क्षेत्रीपनि ब्यक्तिगत एक रनमा आउट भएपछि नेपालले २२ रनमा छैटौ विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको नेपालको स्कोर २२ रन हुदा सातौ विकेट झर्यो ।

यसपटक ब्याटिङमा आएकी रश्मी शर्मा पनि खाता खोल्न नपाउदै आउट भइन । त्यसको लगत्तै करुणा भण्डारी पनि शुन्य रनमा नै आउट भएपछि नेपालले २२ रनमा नै आठ विकेट गुमायो । त्यसपछि थप एक रन जोडदा नेपालले नबौ विकेट खेरफाल्यो । सरिता मगरले पनि खाता खोल्न नपाउदै एलबीडब्लु धरापमा परिन । जसका कारण नेपालले २३ रनमा नौ विकेट गुमायो भने फेरी पनि २३ रनमा नै दशौ विकेट गुमाउदै अलआउट भयो । नेपालका सात खेलाडीले खाता खोल्न सकेनन भने तीन खेलाडीमात्र अंक जोडे । जवाफमा बलियो टिम श्रीलंकाले चार ओभर तीन बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । श्रीलंकाको स्कोर तीन रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो भने २२ रन हुदा दोस्रो सफलता हात पार्यो ।

तर झिनो लक्ष्य भएका कारण नेपाल सहज रुपमा पराजित भयो । श्रीलंकाका लागि हसीनी परेराले अविजीत १६ रन बनाइन । मात्र दुई साताको तयारी पछि एशिया कप खेल्न गएको नेपालले पहिलो खेलमा पाकिस्तानसंग नौ विकेटको हार ब्यहोरेको थियो । थोरै समयको तयारी त्यसमा पनि म्याच एक्पोजरको कमिका कारण नेपाली टिम दुबै खेलमा धरासायी बन्यो ।

Comments:

comments

Latest News