समाचार

अष्ट्रेलिया बसाई पछि नेपाल फर्केका सन्दिप लामीछानेको अनुभव, क्लार्क अर्को बर्ष नेपाल आउनेछन

नेपाली अन्डर-१९ टिमका स्पिनर सन्दिप लामीछाने करीव साढे दुई महिनाको अष्ट्रेलिया बसाई पछि नेपाल फर्केका छन । आसन्न अन्डर-१९ एशिया कपका लागि नेपाल आएका सन्दिपले अष्ट्रेलिया बसाईले ब्यक्तिगत रुपमा मात्र होइन, खेलमा पनि निकै परिवर्तन आएको महसुस भएको बताएका छन ।

अष्ट्रेलियन पुर्व कप्तान माइकल क्लार्कले मौका दिएपछि न्यू साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेल्न तथा क्लार्कको एकेडेमीमा अभ्यास गर्ने मौका पाएका सन्दिपले नेपाल फर्केपछि आफुले क्रिकेटका हिसावले मात्र होइन ब्यक्तिगत रुपमा पनि क्लार्कबाट धेरै सिकेको बताए । साथै उनले क्लार्कजस्ता ठुलो क्रिकेटरले आफुमाथि विश्वास गर्नुनै गर्वको कुरा भएको धारणा राखे । वेस्टर्न सबर्बको प्रतिनिधीत्व गरेका सन्दिपले सुरुवातमा खेल्न केहि गाहे भएपनि विस्तारै टिमका साथि र क्लार्कको हौसलाले राम्रो गर्दै गएको बताए ।

Most Popular

To Top