यू- १९ एसिया कप क्रिकेट अर्को महिना, नेपाली टिमको प्रशिक्षकको टुङगो अझै लाग्न सकेन ।

यू–१९ एसिया कपको तेस्रो सस्करण श्रीलंकामा हुने भएको छ । जसमा नेपालले पनि सहभागिता पाउने भएको छ । श्रीलंकाली पत्रिका द सण्डे टाइम्सका अनुसार डिसेम्बर १० देखि २२ अर्थाता मंसिर २५ देखि पुस ७ गतेसम्म हुने प्रतियोगितामा चार टेष्ट टिमको पनि सहभागिता हुनेछ ।

पछिल्लो पटक २०१३–१४ मा यूएईमा भएको प्रतियोगिताको उपाधि भारतले जितेको थियो । त्यसयता यो प्रतियोगिता हुन सकेको थिएन । एसियन क्रिकेट काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि एसीसीले पहिलो प्रतियोगिता गराउन लागेको हो ।

जसमा आयोजक श्रीलंकासंगै पाकिस्तान, भारत र बंगलादेशले खेल्नेछन् । यस्तै अफगानिस्तान, नेपाल, सिंगापुर र मलेसिया गरी आठ देशले भाग लिनेछन् । आठ देशलाई दुई समूहमा बाँडिनेछ । एक समूहको खेल कोलम्बोमा हुनेछ भने अर्को समूहको खेल दक्षिणी श्रीलंकामा खेलाइनेछ । खेलका लागि अरु देशले तयारी थालिसकेको छ । तर, नेपालले भने बन्द प्रक्षिक्षण सुरु गर्न सकेको छैन ।

नेपाली टिमको प्रशिक्षण कसले गर्ने भन्ने टुङगो लाग्ने नसकेकाले प्रशिक्षणको कहिले हुने भन्ने एकिन हुन नसकेको प्रशिक्ष्ँक जगत टमाटाले बताए ।

Comments:

comments

About the author

News Staff

Latest News