समाचार

एसीसी अन्डर नाइन्टिन एशिया कप क्रिकेटका लागि अन्तिम चरणको छनोट सुरु, पाच दिन पछि अन्तिम नामावली तयार पारिने

1

आसन्न एसीसी अन्डर नाइन्टिन एशिया कप क्रिकेटका लागि अन्तिम चरणको छनोट सुरु भएको छ । नेपालभरबाट पहिलो चरणमा छनोट भएको ५२ खेलाडी बाट एशिया कपका लागि अन्तिम चरणका खेलाडी छनोटका लागि आज देखि पाच दिने क्याम्प सुरु भएको हो ।

करीव एक साताको ट्यालेञ्ज हन्ट कार्यक्रम आयोजना गरेर दुई दिन अगाडी छनोटकर्ताले पहिलो चरणमा ५२ खेलाडी छनोट गरेर क्याम्प बोलाएको थियो । क्याम्प बोलाएका खेलाडीबाट अन्डर नाइन्टिन टिमको तयारीका लागि प्रशिक्षक विनोद दाश, जगत टमाटाको आइसीसीका प्रतिनिधीको संलग्नतामा अन्तिम चरणको छनोट खेलहरु सुरु भएको हो ।

6

पाच दिनसम्म खेलाडीलाई चार वटा टिम बनाएर छ खेल खेलाइने छ र यो छनोट खेलमा राम्रो प्रदर्शन गरेको आधारमा १९ जनाको अन्तिम नामावली तयारी पारीनेछ । राष्ट्रिय टिमका प्रशिक्ष्ँक जगत टमाटाले यसपटकको अन्डर नाइन्टिन टिम राम्रो हुनेमा दावी गर्नुभयो । यसअघि क्याम्पमा रहेको खेलाडीलाई पनि चुनौती दिने खालका खेलाडी रहेकाले टिम बलियो बन्नेमा विश्वस्त रहेको उनको धारणा छ ।

4

डिसेम्बर आठ तारिख देखि २२ तारिखसम्म श्रीलंकामा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, मलेसिया, सिंगापुर रहेका छन । प्रतियोगिताको खेल तालिका भने आउन बाकि छ ।

Most Popular

To Top