एसीसी अन्डर नाइन्टिन एशिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका

श्रीलंकामा हुने आसन्न एसीसी अन्डर नाइन्टिन एशिया कपको खेल तालिका सार्वजनिक भएको छ । जसमा नेपाल कठिन समुहमा परेको छ । समुह ए मा रहेको नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका रहेको छ ।

एसीसीले आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले समुहको पहिलो खेलमा श्रीलंका संग खेल्नेछ । समुह एमा नेपाल र श्रीलंकासंगै भारत र मलेसिया रहेका छन । यस्तै समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन । डिसेम्बर १५ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा कोलम्बोमा नेपालले श्रीलंकासंग खेल्नेछ भने १६ तारिखमा नेपालको प्रतिद्धन्द्धी भारत रहेको छ ।

यस्तै समुहको अन्तिम खेलमा नेपालले मलेसियासंग प्रतिस्पर्धा गर्नेछ । समुहमा शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । फाइनल खेल २३ तारिखमा हुनेछ । यसै प्रतियोगिताका लागि नेपालले ट्यालेञ्ट हन्ट मार्पmत खेलाडी छनोट गरेर हाल क्याम्प राखेको छ । सो क्याम्पबाट १९ खेलाडी छनोट गर्ने प्रक्रियामा रहेको छ । एसीसी र आइसीसीको सहयोगमा नेपाली टिम तयारीमा ब्यस्त रहेको छ ।

Comments:

comments

Latest News